विज्ञानले पत्ता लाग्यो पानीका दुई फरक स्वरुप

काठमाडाैं । वैज्ञानिकले वाटर मोलिक्युल (पानीका अणु) का दुई फरक स्वरुपलाई पहिलो पटक विभाजन गर्न सफल भएका छन् । वाटर मोलिक्युलमा दुई फरक आइसोमर्स अर्थात प्रकार हुन्छन् ।

दुवैमा एटोमिक लेभलमा केही फरक विशेषता रहन्छ । दुई आइसोमर्सलाई छुट्याएपछि अनुसन्धानकर्ता ती दुई आइसोमर्सले रासायनिक प्रतिक्रियाको क्रममाम फरक तरिकाले व्यवहार गर्ने देखाउन सफल भएका छन् ।

यस सम्बन्धी अनुसन्धानको प्रतिवेदन नेचर कम्युनिकेशनमा प्रकाशित भएको छ । वाटर मोलिक्युलमा आधाभूत रुपमा एउटा अक्सिजन एटम र दुईवटा हाइड्रोजन एटम रहेको हुन्छ ।

Loading...