भयानक तथ्याङ्क सार्वजनिक : प्रतिवर्ष सुर्ती खाएर विश्वमा करिव ३० लाख मानिसको मृत्यु

काठमाडौं। धुम्रपान तथा सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईँदै छ । हरेक वर्ष मे ३१ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा यस वर्षको नारा धुम्रपान र सुर्तीजन्य पदार्थले मुटुलाई नोक्सान गर्ने भएकाले ‘सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौँ’ भन्ने तय गरिएको छ ।

धुम्रपान तथा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष विश्वभरमा झण्डै ३० लाख मानिसको कार्डिओभास्कुलु डिजिजका कारण ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन, डब्लुएचओले जनाएको छ ।

यस्तै धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग बन्द गर्न सकेमा लाखौँ मानिसलाई हृदयघात था स्ट्रोकका कारण हुने मृत्युबाट जोगाउन सकिने देखिएको छ ।

धुमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जानेर पनि धेरै मानिस यसको लतमा फँसेका छन् । यसको प्रयोगले बर्सेनि हजारौँ मानिस क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोकजस्ता समस्याबाट ज्यान गुमाउँछन् । विश्वमा २१ प्रतिशत सुर्तीजन्य पदार्थ प्रयोगकर्ता रहेको बताइन्छ ।

सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयको भनाई छ । नेपालमा सुर्तीजन्य पदार्थकै कारण प्रत्येक वर्ष २५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

Loading...