सोनी राजभण्डारीको नया एल्बम ‘ सोनी ‘ ( भिडियो सहित )

 

   जेष्ठ १६ ,काठमाडौँ / नेपाली तथा नेपल भाषाका धेरै गीतहरुमा स्वर दिनुभएकाी गायीका सोनी राजभण्डारीले आफ्नो पहिलो एल्बम ‘ सोनी’ श्रोतामाझ बजारमा ल्याएकी छिन् । चारवटा गीत रहेको यो एल्बममा अबिद र राजेन्द्र डंगोलको संगीत तथा शब्द रचना रहेकोछ ।
अबिदको रचनामा रहेको तीनवटामा सोनी र एउटामा राजेन्द्रको स्वरमा छ। सतायौ कि मेरो मन, भैगोनी त, तिमी नाम दिन्छौ र तिम्रो एक शब्द बोलका गीतहरु एल्बममा रहेका छन् । संगम स्टुडियो र प्लाटिनम स्युडियोमा रेकर्ड गरिएका यि गीतहरुमा संजीब बराईली,प्रदिप श्रेष्ठ र बिजेन श्रेष्ठको संगीत संयोजन छ ।
दिल खोलेर गायिका सोनीले गाएकी छिन् । सानैदेखि गायनमा संक्रिय रहे पनि यसरी एल्बम भने उनले निकालेकी थिईनन । अब संगीत क्षेत्रबाट नहराउने र निरन्तर क्रियाशील रहने उनको सोच छ ।

 

 

 https://youtu.be/Z9pjiPcQBS4             

 

 

 

 

 

 

 

 

 

Loading...