आर्थिक सम्रिद्दीकालागि महिला शिपमुलक तालिममा महानगरको सहायोग रहनेछ – उपमेयर हरिप्रभा

जेष्ठ १५ ,काठमाडौँ / महिला स्वावलिम्ब तथा सक्षमका लागि काठमाडौँ महानगरपालिकाको पहलमा वडा स्तरीय शिपमुलक तालिमका महिला प्रशिक्षार्थीहरुद्वारा उत्पादित बस्तुहरुको मंगलबार बसन्तपुर क्षेत्रमा पर्दशन तथा बिक्रि वितरण  गरिएको छ  ।  प्रदशनमा राखिएका बस्तुमा हातैले बनाएका पुनःप्रयोगमा ल्याइएका प्लास्टिक बात निर्मित सजावट , ब्याग , खाद्य सामग्री लगाएत रहेको थियो । कार्येक्रममा उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले काठमाडौँका सबै वडामा महिलालाइ उद्यमी र आर्थिक अवस्था अभिवृद्दी गर्ने उदेश्यले काठमाडौँ महानगर पालिकाको पहलमा वडास्तरीय शिपमुलक तालिम दिदै जाने बताउनु भयो ।
प्रारम्भमा वडा न २० बाट महिला समूहवात सुरु गरिएको यो अभियानले एक बर्षको तालिम बाट प्राप्त उपलब्धि उत्साहजनक रहेको वडा अध्यक्ष राजेन्द्र मानन्धरले बताउनु भयो । उत्पादित बस्तुको बजार बिस्तारको लागि बृहत रुपमा उत्पादित बस्तुको पर्दसनी गर्दै जानु पर्ने प्रर्सिक्षार्थी तथा समुहका सदश्य जोस्ना सिन्धुरकार शाक्यको भनाइ रहेको छ ।

Loading...