डिल्लीबजार कारागारबाट बालकृष्ण ढुङ्गेल रिहा, जेलको ढोकामै यसरी गरियो भव्य स्वागत

काठमाडौं, १५ जेठ । जनयुद्धकालको मुद्दामा जेल सजाय काटिरहेका तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल रिहा भएका छन् ।

द्वन्द्वकालिन मुद्दालाइ सत्य निरुपण मेलमिलाप आयोग बनाएर हाल गर्ने भनिए पनि ढुंगेललाई उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय तोकिएको थियो ।

जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएका हुन् । उनी अरु ८१६ कैदीसँगै आजै छुटेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचलित कामनुन बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका तेम्बा शेर्पा सहित ८१६ जना कैदीलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषदको सिफिारिस बमोजिम एघारौं गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुलाई संविधानको धारा २७६ बमोजिम माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जनाएका छन् ।

कानुन अनुसार ४० प्रतिशत कैद अवधी पूरा भएका र असल चालचलन भएका कैदीलाई बाँकी कैदको सजाय माफी दिन सकिन्छ । सोही प्रक्रिया पूरा गरेर गृहमन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो ।

आइतवार साँझ बसेको बैठकले सजाय माफीको निर्णय राष्ट्रपति कार्यालयमा पठाएको थियो । अरु कैदी सरह वालकृष्ण ढुंगेलले पनि ४० प्रतिशत कैद अवधी भुक्तानी गरेका छन् ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेलले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।

ढुंगेललाई माफी दिन लागिएको बिरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी छ । अदालतले सोमवारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो ।

हेर्नुहाेस भिडियाे

बालकृष्ण ढुंगेल, गणतन्त्रको योध्दा, पटक पटक जेल, विविध सास्ती,तनाव,रोग व्यहोर्दै बाँचेको इमान्दार सिपाही आज जेलमुक्त भए पश्चताप के भने ? भिडियो सहित ।।

Posted by Dawa Ghising Tamang on Monday, 28 May 2018

Loading...