सामाखुसीबाट आउदै गरेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं, १५ जेठ ।

काठमाडौंको तिलिङ्गाटारमा मंगलबार बिहान बसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

रोकी राखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक बारा घर भएका अन्दाजी ३० वर्षीय मानबहादुर बल र मोटरसाइकलमा पछाडि सवार नाम नखुलेका अन्दाजी ३० वर्षकै अर्का एक पुरुष छन् ।

बिहान सवा ४ बजे, सडक किनारमा रोकी राखेको बा २ ख ६२३० नम्बरको बसमा सामाखुसीबाट चक्रपथतर्फ तीव्र गतिमा आउँदै गरेको बा ३७ प ७३८० नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

Loading...