अर्चना पनेरुका पति जेल चलान, यस्तो छ कर्तुत

काठमाडाैं, १४ जेठ ।

पोर्न स्टार बन्छु भन्दै अश्लील तस्वीर र भिडियो भाइरल बनाएर चर्चामा आएकी अर्चना पनेरुका पति जेल चलन भएका छन् ।अमेरिकी नागरिक रहेका अर्चनाका पति उल्फ प्राइसलाई यौन दुरचारको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ ।

काठमाडाैं जिल्ला अदालतको आदेशअनुसार प्राइसलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए ।

गत चैत २३ गते प्रहरीले प्राइस बस्ने घरबाट दुईसय ग्राम गाँजा र अन्य अवैध लागू औषधसमेत बरामद गरेको थियो । त्यस्तै दुई बालकलाई समेत उद्धार गरिएको थियो। प्राइस अमेरिकन नागरिक भए पनि उनका बाबु भने रसियन हुन्। रसियन नागरिकता खारेज गरेपछि उनी अमेरिका पुगेका थिए । प्राइसकी आमा अमेरिकाको एक टेलिभिजनमा कार्यरत छिन् ।

प्राइस ५ वर्षदेखि नेपालमा बस्दै आएको खुलेको प्रहरी अनुसन्धानमा देखिएको छ । भिसा म्याद थप गर्दै सन् २०१३ देखि उनी नेपालमा छन् । उनले काठमाण्डुको बलम्बुमा घर नै लिएर यौन धन्दा गरेको खुलेको हो ।

प्राइसले भाडाको घरमा युवतीहरू ल्याइरहने प्रहरीको दाबी छ । घरसँगै उनले होटेल समेत सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ । काठमाडाैंमा मात्र होइन चितवनमा समेत उनको होटल रहेको बताइन्छ ।

Loading...