नेपालको झण्डा बिगार्ने मुख्यमन्त्री लालबाबुको कुर्सी हल्लियो !

काठमाडौँ, १४ जेठ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा दिएको अभिव्यक्ति र नेपाली झण्डा बिगारेको भन्दै विवादमा आएका मुख्यमन्त्री लालबाबु रावतलाई ठूलो झट्का लागेको छ ।

दुई नम्बर प्रदेशका मुख्यमन्त्री रावतलाई दिएको समर्थन नेकपा अन्डरलाइनले लिएसँगै कुर्सी हल्लिाएको हो । आइतबार नेकपा अन्डरलाइनको प्रदेशसभा बैठकबाटले समर्थन फिर्ता लिएको हो । पूर्व एमाले र माके गरी ३४ जना सांसदले समर्थन फिर्ता लिएका हुन् ।

योसँगै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई ओली सरकारमा सहभागी हुन दवाव पुगेको छ । यसअघि रावतको अमेरिका भ्रमण समेत प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका थिए ।

Loading...