मध्यराति बस दुर्घटना, १८ बालबालिकासहित ४८ जनाको मृत्यु

काठमाडौं, १३ जेठ ।

युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार अपरान्ह्सम्म ४८ पुगेकोे छ ।

अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय चिकित्सकहरूले बताइएका छन् । मृतकमध्ये १८ जना बालबालिका रहेका पनि अस्पताल स्रोतले जनाएको छ ।

यसअघि युगाण्डा बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका थिए ।

युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरु कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । घटनामा परी घाइते भएकालाई तत्काल उद्धार गरी किर्यान्डोङगो अस्पतालमा उपचार गराइएको छ ।

युगाण्डाको लिरा जिल्लाबाट राजधानी कम्पलातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरी प्रवक्ता इमिलियन कायीमाले जानकारी दिए ।

पूर्वी अफ्रिकी मुलुक युगाण्डामा हरेक वर्ष कम्तीमा २० हजार दुर्घटना हुन्छन् र ती दुर्घटनामा परी कम्तीमा पनि दुई हजार जनाको मृत्यु हुने गरेको पाइन्छ ।

Loading...