युवती लफडाले यसरी लियो प्रहरी जवानको ज्यान

काठमाडौं, १३ जेठ ।

युवतीलाई जिस्काएको विषयले गम्भीर रुप लिँदा पाँचथरमा एक जना प्रहरीको ज्यान गएको छ ।

इलाम घर भएका प्रहरी जवान मानबहादुर विष्टले शुक्रबार राति आत्महत्या गरेका हुन् । पाँचथर सदरमुकाम फिदिम ८ को तमाखे प्रहरी चौकीमा कार्यरत ३६ वर्षीय विष्टलाई फिदिम ८ की १४ वर्षीय किशोरीलाई जिस्क्याएको आरोप लागेको थियो ।

शुक्रबार साँझ ८ बजेतिर तमाखे प्रहरी चौकीमा किशोरी र आफन्तले विष्टविरुद्ध मौखिक उजुरी गरेपछि लफडा भएको थियो । सोही विषयमा प्रहरी इन्स्पेक्टर प्रकाशकुमार गुप्ताले जवान विष्टलाई पक्राउ गरी कार्यालयमा हाजिर गराउन आदेश दिएका थिए । त्यसको सुइँको थाहा पाएपछि चौकीबाट गायव भएका उनी ३ घण्टापछि झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका हुन् ।

प्रहरी चौकीभन्दा एकसय मिटर टाढा रुखमा डोरीको पासो लगाइ आत्महत्या गरेका अबस्थामा उनी भेटिएका थिए ।

Loading...