अझै सकिएन ‘गोरे’को बयान, अब के हुन्छ कानुनी प्रक्रिया ?

विराटनगर, १२ जेठ ।

३८ सय किलो सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा शुक्रबार पनि बयान सकिएन् ।

मुख्य अभियुक्त मानिएका गोरेसँग शुक्रबार चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको थियो । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि शुरु भएको गोरकोे बयान शुक्रबार सम्ममा २७ पृष्ठमा पुगेको बुझिएको छ ।

अब आइतबार बयान सकिने सम्भावना रहेको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । बयान सकिएपछि थुनछेकको बहस प्रारम्भ हुनेछ ।

यसैबीच, यस घटनाका मुख्य अभियुक्त भनिने गोरेलाई सहयोग गरेको अभियोगमा बिहीबार मोरङको उर्लाबारी नगरपालिका–२ का रेवन्तकुमार आचार्यलाई प्रहरीले पक्राउ गरी शुक्रबारै अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गराएको छ ।

Loading...