चक्रपथ मोनोरेल सम्भाव्यता अध्ययन चिनियाँ कम्पनीले गर्ने

काठमाडौं, १२ जेठ । चक्रपथ मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन चिनियाँ कम्पनी चाइना रेल वे २५ औं ब्यूरो ग्रुपले गर्ने भएको छ। शुक्रबार काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कम्पनीकातर्फबाट लि होङ्गकीले अध्ययन सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशयपत्रमा कम्पनीले गत वैशाख २० गते इच्छापत्र बुझाएको थियो।

सम्झौता अनुसार कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना पक्षमा अध्ययन गर्ने र प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरू सिफारिश गर्नेछ।

सम्झौता कार्यक्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै पालामा मोनोरेल सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

‘मोनो रेल चलाउँछौं भनेकै एक वर्ष भइसक्यो। विधि मिलेपछि काम गर्ने बाटो खुल्ने रहेछ,’ मेयर शाक्यले भने, ‘काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौं।’

Loading...