एकता बिरोधी नै केन्दीय सदस्य परेपछि पूर्व माओबादी केन्द्रमा लफडा

पोखरा, १० जेष्ठ ।

नवगठित नेकपा अन्डरलाईनको एकतापछि केन्द्रीय समिति र्निमाणको न्यायोचित नभएको भन्दै असन्तुष्टीको पहाड बढेको छ । देशैभरका पुर्ब माओबादीहरु बढी असन्तुष्ट भएका छन । पार्टी अध्यक्षले कसैलाई पनि नसोधी एकलौटी रुपमा केन्दीय समीती बनाएपछि पुर्ब माओबादीहरु असन्तुष्ट बनेका हुन ।

प्रदेश ४ को राजधानि कास्कीमा पनि नवगठित केन्द्रीय समिति प्रति असन्तुष्टी देखा परेको छ । प्रचण्डले कास्की जिल्लाको प्रतिनिधित्व स्वरुप पर्बतका राजकाव्जि गुरुङ्ग लाई केन्द्रीय समितिमा राखेपछि कास्कीका पुराना नेताहरु असन्तुष्ट बनेका छन ।

कास्कीमा झलकपाडी तिवारी, कोमलनाथ बराल जस्ता पुराना कम्युनिष्ट नेताहरु हुँदाहुदै बिबादित छबि बनाएका राजकाजि लाई केन्द्रीय समितिमा राख्ने मापदण्ड कसरी र्निमाण भयो भन्ने बिषयमा आफुहरु अचम्ममा परेको एक पुर्ब पोलिटब्युरो सदस्यले नाम नबताउने शर्तमा भने । केन्द्रीय समितिको बिषयमा कास्कीमा स्थानिय कार्यकर्ताहरुले सामाजिक सञ्जालमा पनि ब्यापक असन्तुष्टि ब्यक्त गरेका छन ।

नेताले गोजीबाट निकालेर केन्दीय सदस्य बनाएको उनिहरुको भनाई छ । नव गठिन नेकपामा माओबादी तर्फ बाट गोरखाका मात्रै १२ जना छन भने लमजुङ्गमा भने शुन्य छ । बरिष्टताको आधारमा गरेको मान्ने हो भने पनि सबै बरिष्टहरु परेका छैनन् । केही जुनियरलाई पनि लगिएको छ । भेगका आधारमा पनि गरिएको छैन – त्यसैले नेताको गाजिका मान्छे मात्र परेकी भन्ने आसंका उत्पन्न भएको कार्यकर्ताहरु बताउछन ।

कास्कीमा प्रदेश सभा र्निबाचनमा कास्की २ (ख) मा काग्रेसका कमजोर उमेदवार संग पनि पराजित बनेका करण पछिल्लो समय पार्टी एकता गर्न नहुने पक्षमा थिए । बर्षमान पुनको आर्शिबाद पाएकाले उनि केन्द्रीय सदस्यमा परेको बताईएको छ । पुन पनि एकता बिरोधी थिए भन्ने आरोप केन्दीय स्तर बाट नै आईरहेको थियो । कास्कीमा पनि एकता बिरोधी हर्कतमा रमाउने राजकाजि गुरुङ्ग लाई मात्र केन्द्रीय समितिमा राखेपछि पुर्ब एमालेहरुले पनि आगामि दिनमा पार्टी कामका लागि पनि सहज नहुने आभाष पाएको बताएका छन ।

राजकाजि तमु (करन) सास्कृतिक रुपमा बिबादमा परेका पुष्पकमल दाहालका स्वर्गिय छोरा प्रकाश दाहालको पोखराकी श्रीमती सृजना त्रिपाठी संगको संबन्ध ब्यबस्थापन गर्नको लागि पनि राजनितिक रुपमा भुमिका र्निबाह गरेकोले प्रचण्डको सहानुभुति पनि पाएको नेताहरु बताउछन । पोखरा बिमानस्थलको ५० लाख रकम पनि उनले पार्टी हेडब्वाटरमा पुर्याएको स्रोतको दावि छ ।

करन बिबादित पात्र हो भन्ने थाहा हुदाहुदै पनि पार्टी नेतृत्वले सधै काँखी च्यापीरहेको कास्कीका स्थानिय नेताहरुको भनाई छ । पार्टी केन्द्र नचाहर्ने, पार्टी काममा निरन्तर लागिरहने नेताहरु भने पाखा लगाईएकोमा उनिहरुको आक्रोश छ ।

Loading...