कर्नाटकमा मोदी र भाजपा सुपरफ्लप, राहुल र एचडीको राजनीति यसरी बन्यो सफल

काठमाडाैं । जनता दल सेक्युलर, जेडिएसका नेता कुमारस्वामीले बुधबार भारतको कर्नाटक राज्यको मुख्यमन्त्रीको शपथ लिए ।

उनले बैंगलुरुमा भएको विशेष समारोहमा उनले मुख्यमन्त्री पदको शपथ लिएका हुन् । यस्तै कांग्रेसका नेता जी परमेश्वरले उप–मुख्यमन्त्रीको शपथ लिएका छन् ।

भारतीय जनता पार्टी, भाजपाका बिएस येदियुरप्पाले संसदमा बहुमत साबित गर्न नसकेर राजीनामा दिए । त्यसकारण कर्नाटकमा एकहप्ता नबित्दै दोस्रो मुख्यमन्त्रीले शपथ लिएका हुन् ।

यो शपथ ग्रहण समारोहलाई केन्द्रमा सत्तामा रहेको भाजपाको विपक्षमा रहेका पार्टीहरुले एकताको सन्देश दिने मौकाका रुपमा पनि लिए । कुमारस्वामीको शपथ ग्रहण समारोहमा विपक्षी पार्टीको राम्रो एकता देखियो ।

विपक्षी दलका नेताहरु सहभागी भए । यसरी सहभागी हुनेमा कुनै बेला कांग्रेसको कडा विरोधी रहेका अरविन्द केजरीवाल, मायावती र सीताराम येचुरी पनि हरेका छन् ।

२२२ विधानसभा सिटका लागि भएको चुनवामा जेडिएसले ३७ सिटमा जितेको थियो । तर भाजपालाई रोक्नका लागि ७८ सिट जितेको कांग्रेसले उनलाई समर्थन गरेर मुख्यमन्त्रीको जिम्मेवारी सुम्पेको हो ।

चुनावका बेला प्रतिस्पर्धी रहेका कांग्रेस र जेडिएस नतिजा आउँदा कुनै पार्टीलाई बहुमत नआएपछि एकताबद्ध भएका हुन् ।

भाजपा विरुद्ध विपक्षीको यस्तो मोर्चा बन्दीलाई २०१९ मा हुने आम चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्धको बलियो गोलबन्दीको रुपमा हेरिएको छ ।

उत्तर प्रदेशमा समाजवादी पार्टी र बहुजन समाज पार्टी कुनै बेला एकअर्काका कटु आलोचक र विरोधी थिए । तर अहिले भाजपाको सामना गर्नका लागि उनीहरु एक ठाउँमा आएका छन् । र कुमारस्वामीको शपथग्रहण समारोहमा दुवै पार्टीका नेता मायावती र अखिलेश यादव सहभागी भए ।

आम आदमी पार्टीका नेता अरविन्द केजरीवाले राजनीतिमा पाइला टेक्ने बेला कांग्रेसको विरोध गरेर नै आएका हुन् । तर उनी पनि भाजपाले दिल्लीमा आफू र आफ्नो पार्टीमाथि गरेको व्यवहारका कारण रुष्ट भएर कुमारस्वामीको शपथग्रहण समारोहमा पुगे ।

यस्तै कांग्रेससँग विगतमा पनि गठबन्ध गरिसकेको सिपिएमका प्रमुख सीताराम येचुरी पनि समारोहमा सहभागी भए । यस्तै पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जी कार्यक्रममा उपस्थित भइन् ।

यस्तै केही महिना अघिसम्म मोदी सरकारमा सामेल रहेका आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबू नायडू पनि सहभागी भए ।

यस्तै राष्ट्रवादी कांग्रेसका नेता शरद पवार पनि कार्यक्रममा सहभागी भएका छन् । तर शपथ ग्रहण समारोहमा शिवसेना र तमिलनाडुको प्रमुख पार्टी डिएमकेका नेता पुगेनन् ।

Loading...