आन्द्रेस इनिएस्टा आफ्नै साथीको जापानिज क्लबमा आवद्ध

काठमाडाैं । स्पेनकाे चर्चित क्लब बार्सिलाेनामा २२ वर्ष बिताएर केही दिन पहिले विदा लिएका अान्द्रेस इनिएस्टा जापानी फुटबल क्लबमा जाने भएका छन् । बार्सिलाेनाबाट इनिएस्टाकाे विदाइका बारेमा फुटबल संसार तातिरहेकै बेला उनले अाफ्नाे ट्वीटरमा अबकाे यात्रा जापानमा हुने जनाएका हुन् ।

ट्वीटरमा इनिएस्टाले आफू अब आफ्नो ‘नयाँ घर’ जापान जाने बताएका छन् । आफ्नाे साथी जापानका हिरोशि मिकितानीसँगै जापान जान लागेको तस्वीर पाेष्ट समेत गरेका छन् ।हिरोशी जापानको शीर्ष लिगको क्ल्ब भिसेल कोबेका मालिक हुन् ।

इनिएस्टासँगै मिकितानी निजी जेटमा यात्रा गरिरहेकाे तस्वीर देखाइएकाे छ । मिकितानी र इनिएस्टा दुबैले अाअाफ्नाे ट्वीटरमा विमान भित्र र बाहिरका तस्बिर ट्वीट गरेका छन् ।

३४ वर्षका मिडफिल्डर इनिएस्टाले बार्सिलोनासँगको २२ वर्षको यात्रा यो सिजनको अन्त्यसँगै टुंग्याएका हुन् । उनले बार्सिलोनाबाट २२ वटा प्रमुख उपाधि जितेका छन् ।

उनले बार्सिलोनाबाट सिनियर लेभलमा ६७४ खेल खेलेका छन् । उनी १२ वर्षको हुँदा बार्सिलोनाको युथ टिममा आएका थिए । इनिएस्टाको नयाँ क्लब कोबे जे–लिगमा १५ खेल सकिँदा छैटौँ स्थानमा छ ।

सन् २०१० को विश्वकपमा नेदरल्याण्डस विरुद्धको फाइनलमा विजयी गोल गरेका इनिएस्टा आउँदो जुनमा रुसमा हुने विश्वकपमा लागि स्पेनको टिममा छन् ।

Loading...