नेकपाको कडा चेतावनीपछि विराटनगरको भारतीय कार्यालय बन्द

काठमाडौं, ८ जेठ । नेकपाको कडा चेतावनीपछि भारतले अनुमतिबिना संचालन गर्दै आएको बिराटनगरस्थित दूतावासको अफिस झन्डै १० बर्षपछि बन्द गर्ने भएको छ । 

नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले टरेको थिएन । स्थानीयले समेत उक्त कार्यालय हटाउन बारम्बार माग गरेपनि नेपाल सरकारले समेत खासै चासो दिएको थिएन ।

सरकार मौन बसेपछि उक्त कार्यालय हटाउन पहल गरिदिन माग गर्दै स्थानीयले नेपाल कम्युनिष्ट पार्टी गुहारेपछि त्यहाँ बम समेत हानिएको थियो ।

चेतावनीस्वरूप कार्यालय गेटमा बम पड्काएको नेकपाले तत्काल कार्यालय हटाउन भनेको थियो । नेकपाले बम पड्काएको ठिक १ महिना ५ दिनपछि भारतले उक्त कार्यालय हटाउने औपचारिक जानकारी दिएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराइसकेको उच्च स्रोतलेले संचारकेन्द्रलाई जानकारी दियो ।

भारतले एक विज्ञप्ति नै सार्वजनिक गरी उक्त कार्यालय बन गर्ने निर्णय गरेको जानकारी दिएको स्रोतले बतायो । अनुमतिविना वर्षाैदेखि सञ्चालनमा रहेको उक्त राजदूतावासको कार्यालयमा गत बैसाख ३ गते नेपाल कम्युनिष्ट पार्टीले बम हानेको थियो ।

बम विष्फोटबाट कार्यालयको पर्खाल भत्किएको थियो । अनुमतिविना वर्षाैदेखि विराटनगरमा सञ्चालनमा रहेको उक्त कार्यालय हटाउन बेला बेला आवाज उठेपनि नेपाल सरकारले भारतसँग हटाउनका लागि पहल नगरेपछि नेकपाले बम हानेको हो ।

उक्त कार्यलय तत्काल नहटाए परिणाम गम्भीर हुने चेतावनी दिएपछि भारतले कार्यालय हटाउन लागेको स्रोतले संचारकेन्द्रलाई बतायो ।उक्त राजदूतावास हट्ने भएपछि स्थानीय खुसीले गदगद भएका छन भने विप्लव नेतृत्वकाे नेकपालाई धन्यवाद दिएका छन् ।

२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूतावासले अनुमति बिना नै फिल्ड अफिस खोलेको जनाएको थियो ।

Loading...