अमेरिकी उपराष्ट्रपतिले उत्तर कोरियालाई दिए यस्तो चेतावनी

काठमाडौं, ८ जेठ ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली शासक किम जोङ उनलाई चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासकबीच अर्को महिना शिखर वार्ताको तिथि तय गरिएको छ ।

अमेरिकी उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्प विरुद्ध कुनै खेल खेले त्यो किमको ठूलो गल्ती हुने बताए । उनले राष्ट्रपति ट्रम्पले जुन १२ को शिखर वार्ता छोड्न सक्ने पनि बताएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार जोन बोल्टनको प्रतिक्रिया पछि उत्तर कोरियाले वार्तामा नबस्ने चेतावनी दिएको छ ।

बोल्टनले उत्तर कोरियाको निःसस्त्रीकरणका लागि लिविया मोडल अपनाउन सुझाव दिएपछि उत्तर आक्रोशित बनेको हो ।(एजेन्सी)

Loading...