जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना क्युबामा दुई दिनसम्म राष्ट्रिय शोक

काठमाडौं, ६ जेठ ।

क्युवा सरकारले दुई दिने राष्ट्रिय शोक घोषणा गरेको छ । हवाई जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा सो शोक घोषणा गरिएको हो ।

शुक्रबार राति भएको जहाज दुर्घटनामा क्युबा र अजेन्टिना गरी १०७ जना जनाको मृत्यु भएको थियो । क्युबाको राष्ट्रिय धोजाबाहक विमान उडेको केही समयभित्रै विमानस्थल नजिकै दुर्घटना भएको थियो ।

विमानमा चालक दलका सदस्यसहित १ सय १० जना सवार थिए । जसमा तीन जनाको जिबित्तै उद्दार गरिएको थियो । विमान खेतमा जोतिदा आगो लागेको थियो ।

बोइङ ७३७ दुर्घटनामा मृत्यु हुनेमा दुई अजेन्टिनीसहित पाँचजना विदेशी र अरु सबै क्युवाली नागरिक भएको स्थानीय संचारमाध्यमहरुले बताएका छन् । उक्त विमान ४० वर्ष पुरानो भएको बताइएको छ ।

कम्युनिस्ट तथा पूर्व राष्ट्रपति राहुत क्यास्त्रोले राष्ट्रिय शोक घोषणा गर्न सरकारलाई भनेका थिए । उनले मृतकप्रति श्रद्धाञ्जी र परिवारमा समवेदन समेत ब्यक्त गरेका छन् ।

यसैबीच, दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स पनि फेला परेको छ । ब्ल्याक बक्सको अनुसन्धानबाट विमान राम्रो अवस्थामा रहेको खुलासा भएको छ । यद्यपि, थप अनुसन्धान भइरहेको जनाईएको छ ।

Loading...