रेडियो स्थापना गर्न २५ लाख नदिएपछि एक जनप्रतिनिधिले गरे यस्तो लाजमर्दो हर्कत

रुकुम, ४ जेठ । अाफूलार्इ छुट्टै रेडियाे स्थापना गर्नका लागि २५ लाख नदिएकाे भन्दै रुकुमकाे एक जनप्रतिनिधिले नगरपालिकाका इन्जिनियरलार्इ निर्घात कुटपिट गरेका छन् ।

यसरी इन्जिनियरमाथि कुटपिट गर्ने आठबीसकोट नगरपालिका अन्तर्गत एक वडाका अध्यक्ष हुन् । उनले बैठकमै चर्काचर्की गर्दै इन्जिनियरलार्इ कुटपिट गरेका हुन् । विहिबार नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मानबहादुर चदाराले वडामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दलाई निर्घातरुपमा कुटपिट गरेका हुन् । रकम भुक्तानिको लागि पेश गरेको फाइलमा छिटो काम नगरिदिएको भन्दै आफूलाई कुटपिट गरेको इन्जिनियर चन्दले बताएका छन् ।

वडामा भएको रेडियो नयाँ नेपालका लागि नगरपालिकाबाट छुट्याएको २५ लाख बजेट भुक्तानिको लागि वडा अध्यक्ष चदाराले फाइल पेश गरेका थिए । ‘अनुगमन गरेर मात्र भुक्तानीको लागि सिफारीस गरौंला’ भन्ने इन्जिनियरको प्रतिक्रियामा वडाध्यक्षले कुटपिट गरेको चन्दले बताए ।

नगर कार्यपालिकाको बैठक बसिरहेको बेला खाजाको समयमा वडा अध्यक्षले इन्जिनियरलाई कुटपिट गरेको नगर पालिकाका प्रवक्ता गंगाराम चदाराले जानकारी दिएका छन् ।

वैठकमै इन्जीनियरमाथि कुटपिट गरेर वडाअध्यक्षले जिल्लाकै बेइज्जत गरेको अन्य जनप्रतिनिधिहरुको बुझाई छ । कुटपिट उत्रिने अध्यक्षमाथी प्रहरीले कारवाहीका लागि मुद्दा चलाउने तयारी गरेको छ ।

Loading...