एमाले-माओवादीबीच यसरी भयो एकता, झलनाथ खनाललाई माधव नेपालले यसरी उछिने !

काठमाडौं, ३ जेठ ।

पार्टी एकता प्रक्रियामा कुनै भूमिका निर्वाह नगरेको र एकीकरणको ऐतिहासिक क्षणलाई समेत उपेक्षा गरेर निजी काममा हिडेको भन्दै केपी ओली र प्रचण्डले एमाले नेता झलनाथ खनाललाई निक्कै हेपेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमाले र माओवादी केन्द्रको एकता घोषणाको मौका मात्रै गुमाएनन्, पार्टीमा तेस्रो वरियता पनि गुमाएका छन् ।

खनाल तत्कालिन नेकपा एमालेमा दोस्रो वरियतामा थिए । तर, एमाले र माओवादीले एकता गरेर बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ मा उनलाई माधव नेपालले उछिनेका छन् ।

एमालेका पूर्वअध्यक्ष खनाल एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा सभामा आएअनन् । पार्टीलाई उनी कता छन् भन्ने आधिकारिक जानकारी नै नभएकाे एमाले स्रोतले जनाएको छ ।

पूर्वप्रधानमन्त्री खनाल निकट स्रोतका अनुसार उनी निजी कामका सिलसिलामा चीनमा छन् । पार्टी एकता प्रक्रियामा कुनै भूमिका निर्वाह नगरेको र एकीकरणको ऐतिहासिक क्षणलाई समेत उपेक्षा गरेर निजी काममा हिडेपछि उनको बरियता तल पारिएको स्रोतले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीमा अध्यक्षद्वय ओली र प्रचण्डपछि दोस्रो बरियतामा तत्कालिन एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल रहनेछन् ।

नेपाल पछिल्लो समय ओली र प्रचण्डबीच अविश्वास हटाउन र पार्टी एकीकरण टुंगो लगाउन सक्रिय भएका थिए । नेकपाको शीर्ष बरियतामा ओली र प्रचण्डको हैसियत समान बरियतामा रहनेछ ।

दोस्रो बरियतामा नेपाल रहनेछन् भने त्यसपछि क्रमशः झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामवहादुर थापा बादल र बिष्णु पौडेल रहनेछन् ।

दुई पार्टी एमाले र माओवादी केन्द्र मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । पुनर्गठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ । एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ ।

६ बुँदे घोषणापत्र एकता जारी गर्दै नेताहरुले आफूहरुको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउनु भएको बताएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही चलाउन वा अहंकार देखाउन नभई देश बनाउन एकता गरेको बताए । अर्का अध्यक्ष प्रचण्डले समृद्धिको जनचाहना पूरा गर्न पार्टी एकताको निर्णय लिइएको बताए ।

एकता घोषणाअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पार्टीको केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बसेको थियो । नेताहरुले त्यही सामुहिक सपथ लिए ।

लगत्तै अध्यक्षद्वयले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेकाले अण्डरलाइन दिइएको हो । यद्यपि आयोगले निर्णय गरेको छैन । पुनर्गठित पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ ।

एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं शताब्दीको जनवाद भन्दै आएको थियो । दुवैलाई आगामी महाधिवेशनमा बहसमा लगिने भएको छ । अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौं शताव्दीको जनवादबाटै लिइएका छन् ।

सात महिना लामो बहस, छलफल र विवादलाई साम्य पार्दै दुई पार्टीबीच एकताको कोर्स टुंगिएको हो । पछिल्लो सातमहिनामा यी दुई पार्टीबीच बेला–बेला सहमति र बेलाबेला विवाद भएको थियो ।

Loading...