हुम्लामा मकालु एयरको विमान दुर्घटनाग्रस्त, विमानमा सवार सबैको मृत्यु

काठमाडौं, २ जेठ । मकालु एयरको वेपत्ता विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ ।

जहाज हुम्लाको खुर्पनाथ गाउँपालिकाको वामखड्का भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज ३ टुक्रा भएको छ भने चालक दलका २ सदस्यको मृत्यु भएको हेलिकोप्टरबाट देखिएको छ।

सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको उक्त जहाज सम्पर्कविहिन भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले दिएको जानकारीअनुसार सिमिकोट एयरपोर्टबाट ७.७ नटिकल माइल दक्षिणमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

सुर्खेतबाट सिमिकोटका लागि बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइनकाे जहाज सम्पर्कबिहिन भएको थियाे।

कार्गाे उडान गरेकाे उक्त जहाजमा पाइलट किरन भट्टराई र को पाइलट रहेका थिए। यसअघि बिमान सकुशल अवतरण भएको र त्यसमा सवार सदस्यहरु पनि सकुशल रहेको बताईएको थियो ।

Loading...