ओली र मोदीले सुरु गरेको जनकपुर-अयोध्या बस सेवा हप्तादिन नपुग्दै बन्द, यस्तो छ कारण

काठमाडौँ, २ जेठ । निकै हल्लाखल्ला र एउटै पहिरनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री मन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको बस सेवा हप्तादिन नपुग्दै बन्द भएको छ ।

मोदीको नेपाल भ्रमणको पहिलो दिन जनकपुरमा दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुरधामदेखि अयोध्यासम्मको बस सेवा उद्घाटन गरेका थिए ।

दुबै देशका झण्डा फहराउँदै जनकपुरलाई ‘रामायण सर्किट’ भनिएको धार्मिक पर्यटन मार्गमा जोड्ने भन्दै गत बैसाख २८ गते सुरु भएको बस सेवा बन्द भएको छ । बस संचालनको लागि आवश्यक प्राविधिक प्रक्रियाहरू पूरा नगरेरै सेवा सुरु भएका कारण सेवा बन्द भएको हो ।

मोदीको भ्रमणको पहिलो दिन गत शुक्रवार जनकपुरधामबाट अयोध्याका लागि दुईवटा बस गएका थिए । नियमित संचालनको लागि केही महिना लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माका अनुसार आवश्यक प्रक्रिया पूरा नगरी हतारमा बस सेवा सुरु गरेको थियो ।

Loading...