मकालु एयरको सम्पर्कविहीन विमान भेटियो, के छ अवस्था ?

काठमाडौं, २ जेठ ।

सम्पर्कविहीन बनेको मकालु एयरको विमान बाजुरामा भेटिएको छ ।

सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

सम्पर्कविहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरिएको उनले बताए ।  क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् ।

बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको थियो ।  विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने थियो ।

Loading...