विद्यार्थी दिवसमा अखिल क्रान्तिकारीले भन्यो: राष्ट्रघाती अरुण-३ सम्झौता खारेज गर

काठमाडौं, २ जेठ ।

अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)को ५४औं विद्यार्थी दिवस मनाउने क्रममा विशाल र्याली शुरु भएको छ ।

भारतीय दूतावास रहेको राजधानीको लैनचौरको खेलमैदानबाट सुरु भएको रयाली दरबार संग्रहलयको उत्तरगेट, नागपोखरी दरबार मार्ग पुगेको छ । र्यालीको नेतृत्वमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले गरेका छन् । र्यालीमा हजारौं विद्यार्थीहरु सहभागी छन् ।

र्यालीमा विद्यार्थीहरुले स्वाधीनता र राष्ट्रियताको पक्षमा नारा घन्काएका छन् । सहभागीले हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीले अरुण–३ लगायत राष्ट्रघाती सम्झौता गरेको भन्दै चर्को विरोधी नारा लगाएका छन् ।उनीहरुले संगठको झण्डा र ब्यानर फहराउँदै केपी ओली सरकारले भारतीय प्रधानमन्त्री मोदीलाई हालै नेपाल भ्रमणमा आएका बेला अरुण–३ जलविद्युत आयोजनाको शिलन्यास गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् । उक्त आयोजना सम्झौता राष्ट्रियताको विरुद्धको भएको भन्दै खारेज नगरिए जनताको साथ लिएर प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

भारतीय दूतावास नजिक लैनचौंरबाट सुरु भएको उक्त र्याली अहिले नागपोखरी हुँदै संग्हलय परिक्रम गर्दैछ । र्याली कोण सभामा परिण हुनेछ । अखिल क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थित विद्यार्थी संगठन हो ।

राष्ट्रघाती सम्झौता भएको भन्दै शुरुदेखि नै विरोध भइरहेको यही बैशाख २८–२९ गते दुई दिनका लागि नेपाल आएका प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओलीले २९ गते संयुक्तरुपमा ह्यात होटलबाट जबर्जस्त ढंगले अरुण–३ को शिलन्यास गरेका थिए । शिलन्यासपछि सरकारमा रहेका माओवादीका केन्द्रका मन्त्रीहरुले चरम असन्तुष्ट व्यक्त गरेका छन् ।

सोही राष्ट्रघाती सम्झौता अरुण–३ को प्रतिवादस्वरुप नेकपाले बैशाख ३० गते नेपाल बन्दको आयोजना गरेको थियो । अहिले उक्त शिलन्यासको विरोध चौतर्फीमा बढ्दै गइरहेको छ । नेपाल भ्रमणमा रहेकै बेला ओली र मोदीको देशभर पुत्ला दहन समेत गरिएको थियो ।

Loading...