नेकपा भक्तपुर सेक्रेटरी अपहरण शैलीमा गिरफ्तार

काठमाडौँ, १ जेठ ।

नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर सेक्रेटरी कुशल बोगटीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बोगटीलाई मंगलबार दिउँसो बागबजारबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेर बेपत्ता पारेको नेकपा भक्तपुरले जनाएको छ । तर प्राप्त जानकारी अनुसार गिरफ्तारपछि उनलाई काठमाडौं जिल्ला प्रहरी कार्यालय टेकुमा राखिएको बुझिएको छ ।

कालिकोटको रुप्सा घर भएका बोगटीलाई किन गिरफ्तार गरिएको भन्नेबारे प्रहरीले केही बताएको छैन । यता नेकपा भक्तपुरले निर्दोश नेता-कार्यकर्तामाथि प्रहरीले गिरफ्तारी र धरपकड जारी राखेको भन्दै आपत्ति जनाउँदै बोगटीको तत्काल रिहाईको माग गरेको छ ।

यसैबीच गिरफ्तार गरी हिरासतमा राखिएका सेक्रेटरी बोगटीलाई प्रहरीले चरम यातना दिन सुरु गरेको खुलासा भएको छ । प्रहरी स्रोतले ननस्टपलाई दिएको जानकारी अनुसार मंगलबार गिरफ्तार गरिएका बोगटीलाई प्रहरीले पार्टीका आन्तरिक सूचना माग्दै यातना दिएको छ ।

पार्टीका उच्च तहका नेता र अन्य कार्यकर्ताहरुको बारेमा सोधीखोजी गर्दै प्रहरीले सेक्रेटरी बोगटीलाई हिरासतमा कुटपिटसहित चरम दिइरहेको स्रोतले बतायो ।

Loading...