क्षमा पुजा गर्दै काष्ठमण्डप पुनःनिर्माण कार्य अगाडी बढ्यो

    

वैशाख ३१, काठमाडौँ /
विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माण गर्न अगाडी आज काष्ठमण्डपमा क्षमा पुजा गरिएको छ । बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गरिएको काष्ठमण्डप भुकम्प गएको तीन बर्ष बितिसक्दापनि विभिन्न कारणले पुनःनिर्माणमा हुनसकेको नसकेको हो । जनस्तर बाटै काष्ठमण्डप निर्माण गर्नुपर्ने जनअपेक्षा अनुशार स्थापित पुनःनिर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले आइतबार क्षमापूजा गरेर शुरु गर्नुभयो ।

गएको २७ गते पुराना काठहरु ब्येबस्थित गरि प्राम्भिक कामको थालनी गरिएको हो । चार महीना अवधिमा पुनःनिर्माणका लागि आवश्यक पर्ने सामग्री तयार गरिने र चार महिनापछि निर्माणको काम शुरु गरिने योजना रहेको समितका अध्यक्ष शाक्यले बताउनु भयो ।  

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भत्केका सम्पदाको पुनःनिर्माण तीन बर्षमा सम्पन्न गर्ने सरकारको लक्षरहेको हुदा यो बर्ष सम्पदा पुनःनिर्माणलाई मुख्य प्राथमिकतामा राखिने गरि येही १५ गतेबाट पुनःनिर्माणका सबै काम अगाडी बढाइने बताउनु भयो । सरकार २०२० भ्रमण बर्ष मनाउने तैयारीमा रहेको बताउदै यो अवधिभित्रमा सबै सम्पदाको पुनःनिर्माण भैसक्नु पर्ने बताउदै मन्त्रि अधिकारीले १५ लाख भन्दा बदी पर्येतक भित्रिने अनुमान रहेको बताउनु भयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनःनिर्माण गर्न ढिला भइसकेको छ भन्दै निर्माणका क्रममा आफ्नो र कामपाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सबै ऐतिहासिक सम्पदालाई पुरानै मौलिकतामा पुनःनिर्माण हुनुपर्ने बिचार राख्नु भयो । मन्त्री अधिकारी, कामपा प्रमुख शाक्य ,उपमेयर हरिप्रभा खड्गी र जोशीले संयुक्त रुपमा कलशको पूजा गर्नुभएको थियो ।

Loading...