एका बिहानै धार्केमा दुर्इ भारतीय गाडी जलाइए

धादिङ, ३० बैशाख । धादिङकाे धार्केमा बिहानै २ वटा भारतीय गाडीमा अागजनी भएकाे छ । बिहान ३ बजे नै ती गाडीमा अागजनी भएकाे धादिङ प्रहरीले जनाएकाे छ । अाज नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दकाे अाह्वान गरेकाे छ । सरकारले अरुण तेस्राे अायाेजना भारतलार्इ दिएकाे र उक्त अायाेजनामा राष्ट्रघाती सम्झाैता गरिएकाे भन्दै त्यसकाे विराेधमा नेकपाले नेपाल बन्द अाह्वान गरेकाे जनाएकाे छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ती जारी गर्दै बन्दकाे अाह्वान गरेका हुन् ।

धार्केस्थित मंगलम् सिमेन्टका लागि शनिबार क्लिंकर बोकेर आएका आर जे ४२ ग ५०२१ र आर जे ४२ ग ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको २ वटा कन्टेनर ट्रक अागलागी भएर नष्ट भएका छन् । ती गाडीहरु आइतबार बिहान राजमार्ग छेउमै रोकेर राखिएका थिए ।

बिहान करिब ३ बजेदेखि आगो लागेपछि २९ किमी दुरीको काठमाडौंबाट दमकल बोलाएको थियो। स्थानीय चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरी माटो हालेर आगो फैलनबाट रोकिएको थियो।

नजिकै पेट्रोल पम्प र सिद्धार्थ ग्यास भएकोले पनि स्थानीय त्रसित भएका थिए। आगलागी भएको २ घण्टा पछि ५ बजे काठमाडौं महानगरपालिकाको दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मानवीय क्षति भएको छैन।

आगलागी पछि विद्युतको तार जल्दा विद्युत सेवा अवरुद्द भएको छ। आगो कसरी लाग्यो भन्ने बारेमा पुष्टि हुन सकेको छैन। घटना पछि अहिले उक्त सडक क्षेत्रमा सवारी साधनको चापबढेकाेछ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणमा सरकारले गरेकाे अरुण तेस्रो निर्माणको सम्झौता लगायतको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) आइतबार नेपाल बन्दको घोषणा गरेको थियो।

आकस्मिक रुपमा गरिएको बन्दले लामो दुरीका सवारी साधनहरु राजमार्गमै अलपत्र परेका छन्। लामो दुरीका साधनलाई सुरक्षाका साथ गन्तव्यमा पठाइने व्यवस्था मिलाइने जिल्ला प्रहरी प्रमुख डम्वरवहादुर विकले बताए।

Loading...