जनकपुरबाट छुटेको बस अयोध्या पुग्यो, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत

काठमाडौं, २९ बैसाख ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जारी दुई दिने नेपाल भ्रमणको पहिलो दिन नेपालको जनकपुरबाट शुभारम्भ गरिएको ‘जनकपुर-अयोध्या ‘ बससेवाको उद्घाटित बस शनिबार अयोध्या पुगेको छ।

शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीसँगै जनकपुरबाट संयूक्त रूपमा सो बससेवाको सुरूवात गरेका थिए। अयोध्या पुगेको बसलाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले स्वागत गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

सो बस सेवाले दुई देशबिचको तीर्थाटनलाई बढाउने आशा गरिएको छ। बससेवाले भारतले आफ्नो देशमा भगवान रामसँग सम्बन्धित १५ स्थान मिलाएर सुरू गरेको रामायण सर्किट परियोजनासँग सीताको जन्मभूमि जोडेको छ। रामायण सर्किटका लागि नेपालको जनकपुर एक महत्वपूर्ण स्थान हो।

Loading...