आज कविकेशरी चित्तधर हृदयको ११२ औ जन्म जयन्ती

   

बैशाख २८ ,काठमाडौँ/ नेपालभाषा परिषद््को योजनामा नेपालभाषाया कविकेशरी चित्तधर हृदयको ११२ औ जन्म जयन्ती शुक्रबार विभिन्न कार्येक्रम गरि मनाइएको छ । जन्म जयन्तीको उपलक्षमा कालिमाटी स्थित सालिकमा माल्यार्पण गरिएको थियो । परिषद्का सचिव नविन चित्रकारको संयोजकत्वोमा उक्तकार्येक्रममा परिषद्का अध्यक्ष प्रा. सुवर्ण शाक्य तथा सदश्य नेपालभाषा केन्द्रीय विभागका पूर्व प्रमुख प्रा. डा. चन्द्रमान बज्राचार्य, नेपालभाषा साहित्यिक संस्थाका प्रतिनिधि, साहित्यकार, नेपाल भाषा क्षेत्र मा क्रियाशील व्येक्तित्वोहरुको उपस्थिति रहेको थियो । नेपालभाषा क्षेत्रमा चित्तधको साहित्यिक योगदानलाई सम्झिदै हरेक बर्षझै विभिन्न कार्येक्रम गरिदै आएको छ ।

उनले नेपाली र नेपाल भाषामा रचनाहरू गरेका छन्। उनलाई २०औं शताव्दीका महान् नेपाली साहित्यकार मध्ये एकको रूपमा गनिने गरिन्छ।उनको एकनिष्ट लेखन, अविरल सृजना र अनवरत साधनाका कारण राजा महेन्द्रले उनलाई २०१३ सालमा ‘कविकेशरी’को उपाधि दिए ।

Loading...