नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    २८ बैशाख ,काभ्रे / नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा  बुधबार  सम्पन्न भएको छ ।
वनेपा नगरपालिका वडा नं. ५ को काँथु गणेस्थान स्थित वडा कार्यालयको वैठक कक्षमा सम्पन्न भएको उक्त साधारण सभा जिल्ला समितिका अध्यक्ष श्री सुनिल तामांग ज्यूको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त अवसरमा काभ्रे जिल्ला खेलकूद विकास समितिका अध्यक्ष श्री सचितानन्द के.सी. ज्यू ले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो भने अतिथिका रुपमा वनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री बलराम अधिकारी ज्यू को पनि उपस्थिति रहेको थियो ।
विशेष अतिथि नेपाल एकायन कराते संघका केन्द्रीय अध्यक्ष श्री श्रीकृष्ण डंगोल ज्यूको रोहवरमा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको नयाँ कार्य समितिको चयन पनि गरिएको थियो । जस अनुसार नयाँ कार्यकालका लागि अध्यक्षमा श्री रविन्द्र बैदार, उपाध्यक्ष श्री मनिष कायस्थ, सचिव श्री सागर मानन्धर, कोषाध्यक्ष श्रीमती विनिता राना मगर (मानन्धर) तथा सदस्यहरुमा अरुण अधिकारी, दिपक तामांग, सुरेश वाईवा, बाबु तामांग घिसिंग तथा निशा कर्माचार्य निर्वाचित हुनु भएको छ ।

Loading...