अरुण तेस्रोको स्वीच थिच्न काठमाडौं आइपुगे मोदी ! यस्तो छ तयारी

काठमाडौं, २८ बैसाख ।

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे ।

मोदी शुक्रबार विहान पटनाबाट जनकपुर आएका थिए । त्यहाँ उनले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । मोदीको नागरिक अभिनन्दन पनि गरिएको छ ।

मोदी हायात होटलमा बस्नेछन् । साथै, सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरिनेछ । मोदीले आजै राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने नेपाली समकक्षी केपी शर्मा ओलीसँग साँझ द्वारिकाज होटलमा भेटवार्ता गर्नेछन् ।

भेट लगतै दुई प्रधानमन्त्री मोदी र ओलीले अरुण तेस्रोका स्वीच थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

Loading...