मोदी नपुग्दै जनकपुरमा यस्तो लफडा, प्रहरीलाई तनाव

काठमाडौं, २८ बैसाख ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नपुग्दै जनकपुरमा तनाव सुरु भएको छ  । जसकारण प्रहरीलाई तनाव भएको छ ।

व्यस्थापकीय पक्ष कमजोर भएका कारण अस्तव्यस्त र तनाव सिर्जना भएको हो । प्रधानमन्त्री केपी ओली र स्थानीय सरकारले २ नम्बर प्रदेशवासीलाई मोदीको स्वागतमा उत्रिन उर्दी जारी गरेपछि सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । जसकारण सर्वसाधारणहरु आक्रोशित समेत बनेका छन् ।

मोदीलाई गरिने अभिन्नदनस्थल रंगभूमि १२ विघा पुग्न अपनी सर्वसधारणलाई सास्ती खेप्नु परेको छ। बिहान ६ बजे देखिनै लाइन बस्न स्थानीय सरकारको ठाडो आदेश दिएपछिस्थानीयहरु भोकभोकै बिहानैदेखि जबर्जस्ती लाइनमा बस्न बाध्य भएका छन्।

मुख्य मन्त्री लालबाबु राउतले दुई दिन अगाडि पत्रकार सम्मेलन गरी सर्वसाधारणले सहज प्रवेश गर्ने ब्यबस्था मिलाएको दाबी गरेका थिए। तर प्रवेश सहज नहुँदा करिब आधा जनता अभिन्नदनस्थल पुग्न सक्ने अबस्था छैन्। महिलाले झन बढी सास्ती भोगेका छन् । महिलाको लाइन ब्यबस्थित छैन्, जसले गर्दा पुरुषको भीडमा दुर्व्यवहार सहेर पनि अभिन्नदनस्थल जान बाध्य छन्।

सार्वजनिक शौचालयको ब्यबस्था समेत गरेको देखिएको छैन्। अभिन्नदनस्थलको वरिपरी सर्वसाधारणले खुल्ला रुपमा दिशा पिसाब गर्न बाध्य छन्। प्रदेश सरकारले सर्वसधारणलाई २ सय ८५ सवारी साधनले अभिन्नदन स्थल ओसारिरहेका छन्।

यता  नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको नाममा भारतले नेपालको स्वाधिनता, सार्वभौमिकता र राष्ट्रिय सुरक्षामाथि गम्भीर खतरा निम्त्याएको बताएको छ । सुरक्षा खतराको नाममा सयौंको संख्यमा भारतीयले सेना जनकपुर, काठमाडौँ र मुस्ताङमा हतियारसहित परेड खेलेर मोदी सरकारले कुटनैतिक सिद्धान्तको उलंघन गरेको बताएको छ ।

पार्टीका प्रबक्ता प्रकाण्डले विज्ञप्ति जारी गरेर मोदीको सुरक्षा खतराको नाटक गरेर भारतीय सेनालाई नेपालीभूमिमाथि मार्च पास गर्न लगाएको बताएका छन् ।

“सुरक्षा खतराको कलाविहिन नाटक गरेर प्रधानमन्त्री मोदीले भारतीय सेनाको सयौंको संख्यामा शक्तिलाई आधुनिक सैन्य उपकरण सहित जनकपुर, काठमाण्डौं र मुस्ताङ्गमा मार्च गराई राखेका छन । सुरक्षा चुनौंतीको आवरणमा मोदी सरकारले कुटनैतिक सिद्धान्तको मात्र उलंघन गरेको छैन कि नेपालको राष्ट्रिय सुरक्षा प्रणालीमाथि ठाडो हस्तक्षेप गर्न गएको छ । यसले देशको सुरक्षा शक्ति र प्रणालीलाई नै चुनौंती दिएको छ । हाम्रो देशको स्वाधिनता, सार्वभौमिकता र राष्ट्रिय सुरक्षामाथि गम्भिर खतरा निम्त्याएको छ” प्रबक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले भारतीय सेनाको नेपालीभूमिमा ताण्डव देखाइरहँदा नबोल्दा प्रधानमन्त्री ओलीलेको राष्ट्रवाद पाखण्डीे भएको पुष्टि भएको र अहिले चिहानमा पुरिएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासलाई उछिन्ने गरी मोदीसँग राष्ट्रघाति सम्झौता गर्न लागेको भन्दै प्रबक्ता प्रकाण्डले स्वाभिमान र आफ्नो अधिकारको लागि संघर्षमा उत्रन सबैलाई अपील समेत गरेका छन् ।

विहीबार साँझ जारी विज्ञप्तिमा प्रबक्ता प्रकाण्डले नेपालको प्रकृतिका साधन, स्रोतमाथि जनताको अधिकारविरुद्ध हस्तक्षेप, खेलवाड र आत्मसपर्ण नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन् । बल मिच्याई गरे पाच्य नहुने भन्दै परिणाम गम्भीर हुने बताएका छन् ।

“प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको हित र नेपालको प्राकृतिक साधन श्रोतमाथि नेपाली जनताको अधिकारका विरुद्ध हस्तक्षेप, खेलवाड र आत्मसमर्पण नगर्न हाम्रो पार्टी कडा चेतावनी दिन चाहान्छ । बल मिच्याई गरियो भने नेपाली जनतालाई पाच्य नहुने र त्यसको परिणाम गम्भिर हुने कुरा समेत स्पष्ट गर्न चाहान्छ” विज्ञप्तिमा उल्लेख छ ।

मोदीलाई सुरक्षा खतरा हुन सक्ने भन्दै सरकारले नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गरिरहेको छ ।

तस्वीर सौजन्य: दैनिक नेपाल 

Loading...