कैलालीका नीजि विद्यालयमा अखिल क्रान्तिकारीद्वारा तालाबन्दी

धनगढी ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शैक्षिक संघर्ष कार्यक्रम अन्तर्गत बिहीबार यहाँका निजी विद्यालयहरुमा तालाबन्दी गरेको छ । तालाबन्दी माग पूरा नभएसम्म जारी रहने अखिल क्रान्तिकारी कैलालीले जनाएको छ ।

जिल्लाका १ सयभन्दा बढी निजी विद्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी क्रान्तिकारीका कैलालीका उपाध्यक्ष बबरजंग सिंहले जानकारी दिएका छन् । समाचार अनुसार एक्सिस विद्या आश्रम, मोडर्न एरा, स्टेपिङ स्टोन, ग्यालेक्सीलगायत १५ विद्यालयमा तालाबन्दी गरिएको छ भने अतरियाका १०, गौरीगंगा नागरपालिकास्थित ५ विद्यालयमा तालाबन्दी गरिएको छ ।

साथै तालाबन्दीपछि विद्यालयको मुल गेट र परिसरमा संगठनले उठाएको माग र मागबारे विस्तृत कारणसहित विज्ञप्ति पनि टाँसिएको छ ।

तालाबन्दीको खबर आउने क्रम जारी रहेको उनले बताए । चर्को रुपमा वृद्धि गरिएको शुल्क खारेज गर्नुपर्ने, मापदण्डविपरीतका विद्यालय बन्द हुनुपर्नेलगायतका माग राखेर अखिल क्रान्तिकारीसहित सात विद्यार्थी शैक्षिक संघर्षमा छन् ।

२०७५ बैसाक २७ गते प्रकाशित ।

 

Loading...