टोले गुण्डासँग मिलेर हप्ता उठाउने धन्दामा प्रहरी प्रमुख चन्द, गृहमन्त्रीले थाहा पाएपछि भयो तनाव

काठमाडौँ २७ बैशाख।

एमाले-माओवादी गठबन्धन सरकारका गृहमन्त्री राम बहादुर थापाले पछिल्लोसमयक एकपछि अर्को कडा एक्सन सुरु गरेका छन् । यातायात क्षेत्रको सिण्डिकेट अन्त्य गरेका बादलले जनताको गुनासो आएका अन्य क्षेत्रमा पनि सिधै एक्सन लिने गरेका छन् ।

केहिदिन अघि मात्रै ठमाडौँको बुढानिलकण्ठ नगरपालिका प्रहरी प्रभागका इन्चार्ज प्रहरी इनिस्पेक्टर शेर बहादुर चन्दलाई कारबाही गर्न गृहमन्त्रीले ठाडो निर्देशन दिएका छन्। उनले टोले गुण्डासँग मिलेर हप्ता उठाउन आफ्नो मातहतको पुरै प्रहरी युनिट नै परिचालन गरेको खुलासा भएकाे छ ।

संचारकेन्द्रलाई प्राप्त अडियो फोन रेकर्डमा उनले आफ्नो मातहतका सइ र हवल्दारलाई समेत परिचालन गरेर १० देखी २० हजारसम्म हप्ता असुली गरेका छन् । यसरी मातहातको सिङ्गो युनिटलाई नै परिचालन गरेर हप्ता उठाएपछि गृहमन्त्रीको निर्देशनमा उनलाई कारबाही गर्न हेडक्वाटर तानिएको छ।

स्थानीयवासी र व्यबसायीहरुको जिउ धनको रक्षा गर्न खटिएका प्रहरीले नै यसरी संस्थाको बदनाम हुने गरी साना ब्यबसायीहरुसँग हप्ता उठाएर खान थालेपछि बुढानिलकण्ठवासीहरु आक्रोशित भएका छन्।

आर्कोशित स्थानीयवासीले टोले गुण्डासँग मिलेर हप्ते अशुली गर्ने र आफ्नै मातहतमा रहेका प्रहरी अफिसरहरुलाई समेत परिचालन गरी रकम अशुली गर्ने इनिस्पेक्टर चन्दको धन्दाबारे गृहमा रिपोर्ट गरेपछि उनलाई कारबाही गर्न लागिएको श्रोतले बतायो ।

प्रहरी प्रभाग बुढानिलकण्ठका प्रमुख इनिस्पेक्टर चन्दले हवल्दार बिष्णु सिंह र अर्का एक जना सईलाई पनि आफ्नो अशुली धन्दामा लगाउने गरेको पाइएको छ । खास गरी हवल्दार सिंहले बिगतदेखि नै यस्तो धन्दाकोचाँजोपाँजो मिलाउने गरेको बसायीहरुले संचारकेन्द्रसँग गुनासो पोखेका छन् ।

प्रहरीले स्थानीय टायर पशल देखि ठुला उद्धोगी व्यवसायीहरुसँग हप्ता मागेर आतंक नै फैलाएको पिडितहरुले बताएक छन् । संचारकेन्द्रलाई प्राप्त अडियो संबादमा उनीहरुले माथिल्लो हाकिम साहेबाको निर्देशन भन्दै साना व्यवसायीसँग १० देखि २० हजार सम्म रकम माग गरेका छन् ।

Loading...