ओली-प्रचण्ड गठबन्धनको जंगली रवैयाले जनतालाई स्तब्ध बनायो: प्रकाण्ड (विज्ञप्तिसहित)

काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टीनिकट मजदुर संगठनका अध्यक्षसहित ८ जना नेताहरुलाई गृहमन्त्री रामबहादुर थापा बादलको ठाडो निर्देशन गिरफ्तार गरिएपछि प्रबक्ता प्रकाण्डले त्यसको कडा शब्दमा बिरोध गरेका छन् ।

प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री केपी ओली र प्रचण्ड गठबन्धन सरकार जंगली रवैया देखाएको बताएका छन् । प्रबक्ता प्रकाण्डले बुधबार एक विज्ञप्ति गरेर पार्टी, जन संगठन र जन क्रान्तिका विरुद्धको जंगली रवैया देखाएको भन्दै कम्युनिस्ट क्रान्तिकारीहरु, सच्चा लोकतन्त्रवादीहरु र राष्ट्रवादी नेपाली जनतालाई आक्रोशित र स्तब्ध तुल्याएको बताएका छन् ।

“केपी ओली र प्रचण्ड गठबन्धनको ओली सरकारको हाम्रो पार्टी, जन संगठन र जन क्रान्तिका विरुद्धको जंगली रवैयाले कम्युनिस्ट क्रान्तिकारीहरु, सच्चा लोकतन्त्रवादीहरु र राष्ट्रवादी नेपाली जनतालाई आक्रोशित र स्तब्ध तुल्याएको छ । हाम्रो पार्टीको मजदुर संगठनको पत्रकार सम्मेलनमाथिको ओली सरकारको निरंकुशतावादी दमन, हस्तक्षेप र गैर कानूनी गिरप्तारीको पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । गिरप्तार नेता र कार्यकर्ताहरुको सिघ्र रिहाईको जोडदार माग गर्दछ” विज्ञप्ति भनिएको छ ।

पार्टी निकट मजदूर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियनका महासंघका अध्यक्ष अमर झाँक्रीसतिका नेताहरुलाई पत्रकार सम्मेलनबाटै गिरफ्तार गरेको प्रति प्रबक्ता प्रकाण्डले अापत्ति जनाए । प्रहरीले मंगलबार काठमाडौंको संवाद डबलीमा पत्रकार लगिएलगत्तै प्रहरीले सचिव देव परियार, केन्द्रीय सदस्य, शिब परियार, शिशिर थापा, हरिचन्द्र खड्का, भिम अधिकारी, एलवि बुढाथोकी र टेक प्रधानलगायत ८ जनालाई गिरफ्तार गरेको थियो ।

“देशले अन्तिम मुक्ति र नेपाली जनताले पूर्ण राजनैतिक अधिकार प्राप्त गर्ने प्रवल सम्भावनायुक्त परिस्थिति जुन सृजना भएको छ, त्यो २००७ साल देखि नेपाली जनताले अनवरत रुपमा गर्दै आएको जनसंघर्ष र १० वर्षको महान जनयुद्धको परिणाम हो । याने जनताको संघर्ष र क्रान्तिकारी पहलकदमीको परिणाम हो । नेपाली जनताले क्रान्तिकारी संघर्षबाट हासिल गरेका अधिकारहरुलाई कथित अखण्डता, शान्ति र विकाशको वाहानाबाजीमा कटौंती गर्न न ओलीले पाउँछन न प्रचण्डले, न त यो गठबन्धन र ओली सरकारले नै पाउँछ । यो त नेपाली जनता र यसको जनक्रान्तिसंग जिस्किने कुरा मात्र हो । जुन हाम्रो पार्टी र नेपाली जनतालाई सैह्य छैन ” उल्लेख गरिएको छ ।

मंगलबार काठमाडौैंको संवाद डबलीमा पत्रकार सम्मेलन गरिरहेको बेला प्रहरीले नाङ्गो हस्तक्षेप गरी संगठनका अध्यक्ष अमर झाँक्री, सचिव देव परियार, केन्द्रीय सदस्यहरु शिब परियार, शिशिर थापा, हरिचन्द्र खड्का, भिम अधिकारी, एलवि बुढाथोकी र टेक प्रधान गरी ८ जनालाई गिरप्तार गरेर हिरासतमा रकहेको छ । बिना अकारण गिरफ्तार परेका नेताहरुलाई तत्काल रिहा गर्न प्रबक्ता प्रकाण्डले माग गरेका छन् ।

यस्तो छ प्रबक्ताको प्रेस बिज्ञप्ति  

हाम्रो पार्टीको मजदुर संगठनको भरखरै पोखरामा राष्ट्रिय सम्मेलन सम्पन्न भएर काठमाण्डौं अनाम नगर स्थित संवाद डबलीको हलमा वैशाख २५ गते दिउँसो राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गरि राखेको बेला पत्रकार सम्मेलनमाथि हस्तक्षेप गरि पार्टीका केन्द्रीय सदस्य तथा मजदुर संगठनका अध्यक्ष क.संजीव (अमर झाँक्री), सचिव देव परियार, केन्द्रीय सदस्य, शिब परियार, शिशिर थापा, हरिचन्द्र खड्का, भिम अधिकारी, एलवि बुढाथोकी र टेक प्रधान गरी ८ जनालाई गिरप्तार ग¥यो ।

केपी ओली र प्रचण्ड गठबन्धनको ओली सरकारको हाम्रो पार्टी, जन संगठन र जन क्रान्तिका विरुद्धको जंगली रवैयाले कम्युनिस्ट क्रान्तिकारीहरु, सच्चा लोकतन्त्रवादीहरु र राष्ट्रवादी नेपाली जनतालाई आक्रोशित र स्तब्ध तुल्याएको छ । हाम्रो पार्टीको मजदुर संगठनको पत्रकार सम्मेलनमाथिको ओली सरकारको निरंकुशतावादी दमन, हस्तक्षेप र गैर कानूनी गिरप्तारीको पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । गिरप्तार नेता र कार्यकर्ताहरुको सिघ्र रिहाईको जोडदार माग गर्दछ ।

२) देशले अन्तिम मुक्ति र नेपाली जनताले पूर्ण राजनैतिक अधिकार प्राप्त गर्ने प्रवल सम्भावनायुक्त परिस्थिति जुन सृजना भएको छ, त्यो २००७ साल देखि नेपाली जनताले अनवरत रुपमा गर्दै आएको जनसंघर्ष र १० वर्षको महान जनयुद्धको परिणाम हो । याने जनताको संघर्ष र क्रान्तिकारी पहलकदमीको परिणाम हो । नेपाली जनताले क्रान्तिकारी संघर्षबाट हासिल गरेका अधिकारहरुलाई कथित अखण्डता, शान्ति र विकाशको वाहानाबाजीमा कटौंती गर्न न ओलीले पाउँछन न प्रचण्डले, न त यो गठबन्धन र ओली सरकारले नै पाउँछ । यो त नेपाली जनता र यसको जनक्रान्तिसंग जिस्किने कुरा मात्र हो । जुन हाम्रो पार्टी र नेपाली जनतालाई सैह्य छैन ।

३) ओली सरकारले मजदुर संगठनको पत्रकार सम्मेलनमा घटाएको यो घटना र सरकार बने देखि हाम्रो पार्टी र एकीकृत जनक्रान्तिका विरुद्ध श्रृखलावद्ध घटाइएका दमनका जंगली घटनाहरुले यो गठबन्धन र सरकार प्रतिक्रान्तिको मसिया हो भन्ने विषय प्रष्ट हुन्छ । यसले नेपाली जनताको संघर्षबाट हासिल भएका राष्ट्रिय स्वाधिनता र जनताका राजनैतिक अधिकारसंग सम्बन्धी उपलब्धीहरुलाई मात्रै सिध्याउदै छैन कि आफैले बनाएको संविधान र त्यसले व्यवस्था गरेको मौलिक अधिकार समेतको खिल्ली उडाउदैछ ।

यसको बलियो सबुत भारत भ्रमणको बेला गरेको “प्याकेज राष्ट्रघात”, नेपाली जनक्रान्ति एवं जनताको राजनैतिक संघर्षका विरुद्ध विगतका सबै सरकारलाई माथ गर्ने गरी गरिराखेको आततायी दमन र मजदुर संगठनको पत्रकार सम्मेलनमाथिको आक्रमण हो । जुन “सामाजिक दलाल अधिनायकवादी” छ ।

४) वाम भनिएको गठबन्धन र ओली सरकारलाई हाम्रो चुनौति के छ भने नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिसंग खेलवाड नगर ! यो त नेपाली श्रमजीवी जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा संचालित नेपाली सर्वहारा क्रान्ति हो । दलाल पूँजीपति वर्ग, त्यसको सत्ता र शासन व्यवस्थाको अन्त गर्ने र राष्ट्र एवं नेपाली श्रमजीवी जनताको मुक्ति यसको उद्देश्य छ ।

 

Loading...