इरानसँग भएको पारमाणिक सम्झौताबाट अलग्गिने ट्रम्पको घोषणा

बीबीसी, २६ बैसाख ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणिक सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् । बराक ओबामाको कार्यकालमा गरिएको उक्त सम्झौताबाट अलग्गिँदै उनले यसलाई महत्वहीन बताएका छन् ।

स्थानीय समयानुसार मंगलबार अपरान्ह ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सो सम्झौता अमेरिकाको हितमा नभएकोसमेत बताए । उनले इरानमाथि आतंकवाद निर्यात गरिरहेको आरोप लगाउँदै आफ्नो पारमाणविक कार्यक्रम शान्तिपूर्ण रहेको भन्ने उसको भनाइ झुटो भएको जनाए।

ट्रम्पले सन् २०१५ मा जब इरानसँग भएको सम्झौतापछि आर्थिक प्रतिबन्धमा जुन सहुलियत दिएका थिए, त्यसलाई अब खारेज गर्दै इरानी सरकारविरुद्ध कडा नाकाबन्दी लगाउने एउटा आदेशमा हस्ताक्षर गर्ने बताए ।

ट्रम्पको यो कदम उनका युरोपेली सहयोगी र अन्य केही सल्लाहकारका सुझावविरुद्ध हो । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले पारमाणविक सम्झौताबाट हट्ने अमेरिकी निर्णयलाई आफूले पूर्ण समर्थन गरेको बताए ।

Loading...