एमाले नेताहरु परिवर्तनको विपक्षमा छन्, जनयुद्ध छोडेर एकता गरिँदैनः प्रचण्ड

काठमाडौं २५ बैसाख । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेकपा एमालेका नेताहरु सच्चिनु पर्नु बताएका छन् । प्रचण्डले एमाले नेताहरुले परिवर्तनको विपक्षमा वा विरोधी भएको अर्थ लाग्ने गरी अभिव्यक्ति दिएका छन् । उनले एमाले नेताहरु सच्चिदै परिवर्तनको पक्षमा अाउनु पर्ने धारणा राखे ।

पार्टी एकतामा ब्रेक थ्रु भएको बताइरहेको बेला अध्यक्ष प्रचण्डले वाइसिएल नेपालले अायोजना गरेका ‘समामयिक परिस्थितमा युवाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले नेताहरु परिवर्तनको पक्षमा अाउनु पर्ने बताउँदै माओवादी नेता कार्यकर्ता, माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलाइ अप्ठ्यारो पर्नु भएको बताए । प्रचण्डले जनयुद्धलाई छोडेर पार्टी एकता नगर्ने भन्दै भने, ‘जसले जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुन सक्दैन ।’

कार्यक्रममा प्रचण्डले जनयुद्धले पूर्ण विजय नभएपनि नहारेको बताउँदै प्राप्त उपलब्धीलाई जोगाउँदै अधुरो क्रान्तिलाई पूरा गर्ने प्रतिवद्धता समेत जाहेर गरे । उनले पहिला नेताहरुबीच त्याग र बलिदान गर्न प्रतिस्पर्धा हुन गरेको तर अहिले लाभको पद लिन प्रतिस्पर्धा हुने गरेको बताए ।

सोही कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विकास र सम्वृद्धि ल्याउन दलाल पुँजीपतिलाई निस्तेज पार्नु पर्ने धारणा राखे । हरेक क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य गरी दलाल पुजिवादलाई जरैदेखि फाल्ने बताए ।

Loading...