आइपीएलः राजस्थान र पञ्जाबबीच भिडन्त अाज

काठमाडौं, २५ बैसाख ।

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा सनराइजर्स हैदरवादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ ।

हैदरावादमा भएको खेलमा पहिले व्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४६ रन जोड्यो ।

उसका लागि केन विलियाम्सनले ५६ रन तथा शकिब अल हसनले ३५ रन जोडे । बलीङतर्फ बैंग्लोरका टिम साउदी र मोमोहद सिराजले ३/३ विकेट लिए ।

जवाफमा १ सय ४७ रनको मध्यम चुनौती पछ्याएको बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन मात्रै बनाउन सक्यो । बैंग्लोरका कप्तान विराट कोहलीले ३९ रन जोडेपनि टोलीलाई जिताउने प्रदर्शन गर्न सकेनन् ।

यो हारसँगै बैंग्लोर आईपिएलको जारी संस्करणको समुह चरणबाटै बाहिरिने खतरा बढेको छ । १० खेलबाट ६ अंक जोडेको बैंग्लोर तालिकाको छैटौं स्थानमा रहेको छ ।

तालिकाको शर्षि चारभित्र पर्ने टोली मात्रै प्ले अफ् चरणमा पुग्नेछन् । आईपिएल क्रिकेटमा आज राती राजस्थान रोयल्स र किङ्स इलेभेन पञ्जाब भिड्नेछन् ।

Loading...