ओली जनकपुरमा भारतीय झण्डा फहराउँने तयारीमा लागेकाे दावी

काठमाडौँ, २५ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणको लागि नेपाल आउन अब तीन दिन मात्रै बाँकी छन् । भारतीय एयर फोर्सको विशेष विमानमा भारतीय सेना जनकपुर आइसकेका छन् । सोमबार दिउँसो सेनाको उच्च अधिकारीसहित विमान आएको हो ।

जनकपुरमा मोदीको भव्य स्वागत गरिने भएको छ । सबै राजनीतिक दलका नेताहारु सडक सफाईमा जुटेका छन् । मोदीलाई जनकपुरको साँचो समेत दिने तयारी भइरहेको छ ।

मोदीको नेपाल भ्रमणबारे विभिन्न टिका टिप्पणी भइरहेका छन् । यसैबीच ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले मोदीको जनकपुर भ्रमण नेपाली नागरिकता लिएका भारतीयहरुको हौसला बढाउनुको भएको बताएका छन् । नेपालले साँचो दिनु उसलाई सुम्पनु नभएनपनि नक्कली नागरिकता लिएका भारतीयहरुको पक्षमा मोदी सरकार छ, भन्ने कुराको सन्देश भएको नेपालको दाबी छ । उनले मोदीको साङ्लोमा प्रधानमन्त्री ओली फसकेको समेत बताए ।

“मोदीले रचेको यो दुरभिसन्धिको साङ्लो चुँडाउने क्षमता हाम्रा प्रम ओलीमा हुँदो हो त उनी महाकाल मन्दिर दर्शनको बहानामा दार्जिलिङ, कामरू कामाख्या जाने बहानामा असम वा बलभद्र स्मारक हेर्ने बहानामा देहरादुन पुगेर त्यहाँका नेपालीसँग भेटघाट गरी उनीहरूका दुःख–दर्द बुझ्ने थिए” नेपालले भनेका छन् ।

नेपालको गुमेको सीमा फिर्ता अभियान चलाइरहेका नेपालले स्व. प्रधानमन्त्री सुशील कोइलाले जनकपुर भ्रमण पछाडि राजनीतिक गन्ध थाहा पाएपछि जान नदिने निर्णय गरेपछि मोदीको नेपाल भ्रमण नै रद्द भएको बताएका छन् । उनले भारत विरोधी नारा लगाएर प्रधानमन्त्री भएका ओली आफै जनकपुरमा भारतीय झण्डा फहराउने लागेको समेत दाबी गरे ।

नेपालमा सामाजिक संजामा यस्तो लेख्छन्

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गर्नु र नगरको साँचो हस्तान्तरण गर्नु अन्तर्राष्ट्रिय अभ्यास र प्रचलभित्रकै कुरा हो । अतिथिलाई नगरको साँचो दिनुको अर्थ सार्वभौमसत्तासहित त्यो नगर उसलाई सुम्पनु भन्ने होइन । तर, मोदी त्यहाँ जान हत्ते हाल्नुको निहितार्थ सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिपछि लाम लागेर नेपाल प्रवेश गरी कुनैपनि प्रकारले नेपाली नागरिकता लिएका करोडको संख्यामा रहेका भारतीय आप्रवासीलाई भारत सरकार सधैँ तिमीहरूका पछि छ, तिमीहरू यहाँ जेपनि गर्न सक्छौं, भन्ने सन्देश दिनु हो ।

मोदीले रचेको यो दुरभिसन्धिको साङ्लो चुँडाउने क्षमता हाम्रा प्रम ओलीमा हुँदो हो त उनी महाकाल मन्दिर दर्शनको बहानामा दार्जिलिङ, कामरू कामाख्या जाने बहानामा असम वा बलभद्र स्मारक हेर्ने बहानामा देहरादुन पुगेर त्यहाँका नेपालीसँग भेटघाट गरी उनीहरूका दुःख–दर्द बुझ्ने थिए । तर केपी ओली त्यतिबेला त्यो व्यक्तिको नाममा बनेको शैक्षिक प्रतिष्ठानमा पुगे, जुन व्यक्ति (गोविन्दवल्लभ पन्त) ले भारत स्वतन्त्र हुने पूर्वसन्ध्यामा त्यहाँका जनताले नेपालसँग मिल्ने आवाज निकाल्दा नेहरूसँग नजिकिन त्यो आवाज दबाउन अहम् भूमिका खेलेका थिए ।

स्मरणीय के छ भने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले मोदीको जनकपुर भ्रमणको हठका पछाडिको राजनीतिक गन्ध सुँघेर त्यहाँ जान नदिने निर्णय गरेपछि मोदीले नेपाल भ्रमण नै रद्द गरेका थिए । अहिले भारत विरोधी नारा दिएर प्रधानमन्त्री बनेका केपी शर्मा ओली मुलुकमा नयाँ प्रधानमन्त्री बनेका छन् । र उनी नेपाली राष्ट्रवादको जमिन (जनकपुर) मा उभिएर दिनदहाडै भारतीय झन्डा फहराउने मुद्रा प्रदर्शन गरिरहेका छन् ।

केपी ओलीको यो भाका वास्तविक नेपालीलाई कतै मन परेको छैन । भलै ओलीले रङ र जामा फेरून्, ग्रेटर नेपालले भोलि त्यसको एकएक जबाफ माग्नेछ ।

Loading...