घाँस काट्दा दाहिने हात चतलक्कै छिनियो

झापा, २५ बैशाख । झापामा घाँस काट्ने क्रममा एक व्यक्तिको हात छिनेको छ। सोमबार मेसिनमा घाँस काट्ने क्रममा जिल्लाको बाह्रदर्शी गाउँपालिका–५, कट्टडाँगीका १७ वर्षीय सद्दाम हुुसेनको बायाँ हात छिनेको हो।

स्थानीय दिनेश थापाको गाई फार्ममा मेशिनमा घाँस काट्ने क्रममा हुसेनको बायाँ हातको कुहिनादेखिको तलको भाग काटिएको प्रहरीले जनाएको छ।

हुसेनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

Loading...