तेस्रो स्थानमा उक्लियो पञ्जाव, राजस्तान रोयल्स पराजित

काठमाडौं, २४ बैसाख ।

राजस्तान रोयल्सलाई हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलावेन पञ्जाव तेस्रो स्थानमा उक्लिएको छ।

पञ्जावले आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै पञ्जाव ९ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो। अंक तालिकाको पुछारमा रहेको राजस्थानलाई हराउने क्रममा आइतबार राति लोकेश राहुलले उत्कृष्ट इनिङ्स खेले।

राजस्थानले दिएको १ सय ५३ रनको लक्ष्य पञ्जावले ४ विकेट गुमाएर ८ बल खेल्न बाँकी छँदा पार गरेको थियो। पञ्जावका लागि ओपनर लोकेश राहुलले नटआउट ८४ रन जोडेका थिए। ५४ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए। मार्कोस स्टोइनिसले नटआउट २३ र करुण नइरले ३१ रन जोडे।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो। राजस्थानका लागि जोस बटलरले ५१ र सन्जु समासनले २८ रन जोडेका थिए। राजस्थानलाई कम योगफलमा रोक्न पञ्जावका मुजिर उर रहमानले ३ तथा आन्द्रे टेरले २ विकेट लिए।

Loading...