स्वदेशमै स्तन क्यान्सरको उपचार

       

 ललितपुर, बैशाख २२ गते ।निकै खर्चिलो र जोखिम मानिदै आएको स्तन क्यान्सर विदेशी उपचारको भरपर्दै लाखौं खर्च गरेर हुने स्तन क्यान्सरको उपचार नेपालमा नै उपलब्ध भएको छ । स्वाथ्य क्षेत्र निकै ठुलो सफलता स्वरुप स्वदेशमानै सर्वसुलभ निम्न बर्ग समेतको पहुचमा हुनेगरी कम खर्चमा उपचार गर्न सकिने भएको छ ।
ललितपुर हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालले स्तन क्यान्सरको उपचारको नयाँ विधि भित्र््याएको छ । विगतमा क्यान्सर भएको स्तनलाई केमोथेरापी र रेडियोथेरापीबाट उपचार गरिन्थ्यो । उपचार असम्भव भए स्तनलाई काटेर सर्जरी गर्ने गरिन्थ्यो ।
नया प्रविधि सहित अहिले आएको अन्कोप्लाष्टिक सर्जरीले क्यान्सर भएको स्तनको ट््युमरलाई फालेर पुरानै आकारमा ल्याउने गरिन्छ ।  सामाजिक रुपमा नारी सौन्दर्यको रुपमा मान्ने गरिने भएकाले क्यान्सर भएको स्तनलाई यथावत राखेर उपचार गर्नु अतिआवश्यक भएको डा. प्रफुल्ल शाक्यले जानकारी दिनुभयो ।    

  केमोथेरापी, रेडियोथेरापी र प्लाष्टिक सर्जरीभन्दा भिन्न रुपमा गरिने यस विधि नेपालमा केही महिनादेखि शुरु भएको बताइएको छ । हालसम्म ५३ जनालाई यो सेवा दिइसकेको छ ।
विदेशमा महंगो हुने यस उपचार नेपालमा ४० हजारदेखि ६० हजार रुपियाँमा उचार भइरहेको डा. शाक्य बताउनुहुन्छ ।
यस उपचार विधिमा क्यान्सर रोग निको हुनाको साथै विरामीको चाहना अनुसार स्तनको आकार सानोठूलो पार्ने गरिएकाले विरामीले सामान्य जीवनमा सहजै फर्कन सकिन्छ । अन्कोप्लाष्टिक सर्जरी भएकाले स्तनमा घाउ नदेखिने भएकाले विदेशमा यो विधिबाट उपचार हुने दर बढ््दो भएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालले शनिबार यस विधिबारे नेपाल क्यान्सर अस्पतालद्वारा लन्डनस्थित सेन्ट जर्ज विश्वविद्यालय अस्पतालबाट अन्कोप्लाष्टिक विज्ञ डा. दिवेश बेनर्जीले एकदिने स्वास्थ्यशिक्षण कार्यशालामा नेपालका स्तनक्यान्सर स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिनुभएको छ ।

 नेपाल र बेलायतबीचमा अन्कोप्लाष्टिक सर्जरी उपचार विधि अदानप्रदानले नेपाली स्तन क्यान्सरका विरामीले नेपालमा नै उक्त उपचारको फाइदा लिन स
स्तन क्यान्सर नेपालमा दोश्रो ठूलो र शहरी इलाकामा पहिलो क्यान्सरको रुपमा देखा परेको छ ।
डा. सुदिप श्रेष्ठका अनुसार नेपालमा स्वास्थ्य शिक्षाको कमी र हेरचाह गर्ने वानीका कारण महिलामा स्तन क्यान्सर बढिरहेको छ । स्तन क्यान्सरबारे चिकित्सकसेवा लिनुभन्दा अगाडि आँफैले पनि थाहा पाउन सकिन्छ । घरमै बसेर क्यान्सरबारे थाहा पाउन युट््युबमार्फत्् वा तीनवर्षमा एकपटक स्वास्थ्य चौकीमा गएर सामान्य उपचार विधि अपनाउन सकिन्छ । 


अस्पताल ब्यवस्थापक नबराज गौतमले आर्थिक स्थिति कम भएका विरामीलाई विशेष सहुलियतमा उपचार गरिरहेको जानकारी दिनुभयो ।

Loading...