ओली-प्रचण्ड ग्याङले नेकपा र एकीकृत जनक्रान्तिको हत्या गर्ने दिवास्वप्न देख्यो: प्रकाण्ड (विज्ञप्तिसहित)

काठमाडौँ,२२ बैसाख  ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रचण्ड गठबन्धनको केपी ओली सरकारले नेपाल कम्युनिस्ट पार्टी र यसले संचालन गरेको एकीकृत जनक्रान्तिको हत्या गर्ने दिवास्वप्न देखेको बताएका छन् । नेकपाले आवहान गरेको १ दिने नेपाल बन्द सफल भएपछि प्रबक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

उनले आफ्ना गिरफ्तार नेता–कार्यकर्ता रिहा नगरे पार्टी जनप्रतिरोध संघर्षमा उत्रिने बताएका छन् । उनले ओली सरकारले आफ्नो नेता कार्यकर्तामाथिको धरपकड र गिरफ्तारी जारी राखेको भन्दै आपत्ति जनाएका छन् ।

एकीकृत जनक्रान्तिका विरुद्ध कथित ओली–प्रचण्ड गठबन्धन एवं ओली नेतृत्वको सरकार आफ्नो जन्मकालदेखि दमनमा उत्रिदै आएको प्रबक्ता प्रकाण्डद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । “अहिलेसम्मका घटनाक्रम, तथ्य र सूचनाले दमन अभियानको रणनीति तय गर्नेमा ओलीलाई प्रचण्डले उछिनेका छन् ।”  उनले भनेका छन्- “मानौं कि नेपाल कम्युनिस्ट पार्टी र यसले संचालन गरेको एकीकृत जनक्रान्तिको हत्यामा यो ग्याङको राजनैतिक भविष्य र जीवन छ । जुन दिवासपना मात्र हो ।”

ओली सरकारले आफ्नो पार्टीका केन्द्रीय सदस्य एवं कोशी ब्यूरो इञ्चार्ज किरणलगायत ८ जना नेता कार्यकर्ताहरुलाई धनकुटाको हिलेबाट अनाहक गिरप्तार गरी र झुट्टा मुद्दामा फसाएर हिरासतमा राखेको उनको भनाइ छ ।

अाफ्नो पार्टीले अाज अाह्वान गरेको नेपाल बन्द पूर्ण रुपमा सफल भएको बताउँदै प्रकाण्डले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । नेपाल बन्दको क्रममा गिरफ्तार नेता-कार्यकर्ता रिहा नगरे जनप्रतिरोध संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।

विज्ञप्तिको पूर्णपाठः

१. हाम्रो पार्टी र यसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिका विरुद्ध कथित ओली–प्रचण्ड गठबन्धन एवं ओली नेतृत्वको सरकार आफ्नो जन्मकालदेखि दमनमा उत्रिदै आएको छ । यो गठबन्धनको ध्याउन्न नै हाम्रो पार्टी र एकीकृत जनक्रान्तिलाई सिध्याउनुमा छ । अहिलेसम्मका घटनाक्रम, तथ्य र सूचनाले दमन अभियानको रणनीति तय गर्नेमा ओलीलाई प्रचण्डले उछिनेका छन् । मानौं कि नेपाल कम्युनिस्ट पार्टी र यसले संचालन गरेको एकीकृत जनक्रान्तिको हत्यामा यो ग्याङको राजनैतिक भविष्य र जीवन छ । जुन दिवासपना मात्र हो ।

२. दमनको क्रममा गत महिना हाम्रो पार्टीका केन्द्रीय सदस्य एवं कोशी ब्यूरो इञ्चार्ज क.किरणलगायत ८ जना कमरेडहरुलाई धनकुटाको हिलेबाट अनाहक गिरप्तार गर्यो । हाल झुट्टा मुद्दामा फसाएर हिरासतमा राखेको छ । भरखरै काठमाण्डौंबाट महिला संगठनकी महासचिव तथा काठमाण्डौं जिल्ला सेक्रेटरी क.धिरिन्द्रा उपाध्याय, ललितपुर जिल्ला सेक्रेटरी क.विपिन, युवा संगठनका अध्यक्ष क.विवसलगायत ६ जना कमरेडहरुलाई उपत्यकाबाट गिरप्तार ग¥यो । हाल ओली सरकारले ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धी झुट्टा मुद्दामा फसाउने प्रपंच गर्दैछ । क.धिरिन्द्रा र क.विवसलाई अमानवीय यातना दिइराखेको छ । कपिलवस्तुमा साँस्कृति कार्यक्रम देखाईरहेको स्थानबाट साँस्कृतिक टिमको संयोजक क.देवराज वि.क. र जिल्ला सदस्य क.शम्भु थारु, कृपाल कोरी र मकवानपुरबाट जिल्ला सेक्रेटरी क.वाटरलगायतका कमरेडहरुलाई गिरप्तार ग¥यो ।

३.ओली सरकारले हाम्रो पार्टीका विरुद्ध संचालन गरेको दमन अभियान र नेता, कार्यकर्तालाई गरेको गिरप्तारीविरुद्ध संघर्ष र विरोधको रुपमा हाम्रो पार्टीले आज वैशाख २२ गते नेपाल बन्दको कार्यक्रम आयोजना ग¥यो । आजको नेपाल बन्द कार्यक्रम पूर्णरुपमा सफल रहयो । बन्दको सफलताका लागि क्रियाशिल सम्पूर्ण पार्टी पंक्ति र सहयोगी सबै पक्षलाई पार्टी आभारसहित धन्यवाद ज्ञापन गर्दछ ।

४.बन्दको तयारी र कार्यन्वयनको क्रममा नवलपरासीबाट पार्टी जिल्ला सदस्य क.शक्ति, प्यूठानबाट जिल्ला इञ्चार्ज क.चिन्तामणी र जिल्ला सदस्य क.केशव, बाग्लुङबाट जिल्ला इञ्चार्ज क.विकिरण र जिल्ला सदस्य क.सुमित, विराटनगरबाट क.गणेश, जनकपुरबाट क.विजय, सिराहाबाट जिल्ला इञ्चार्ज क.अनुकूल, चितवनबाट क. नारायण, क.प्रदिप र क.केशब, खैरेनीबाट ५ जना जनता, पश्चिम दाङ्गबाट क.अर्जुन सहित २ जनाको गिरप्तारीलगायत दर्जनौं गिरप्तार गरेको छ ।

५.पूर्व गिरप्तार गरेका नेता र कार्यकर्तालाई रिहा गर्नुको सट्टा थप नेता, कार्यकर्ता र जनताको गिरप्तारी ओली सरकारले जुन गर्न पुग्यो । त्यसको पार्टी घोर निन्दा र भ्रत्सना गर्दछ । ओली प्रचण्ड गठबन्धन र ओली सरकारले गिरप्तार नेता, कार्यकर्ता र जनताको शिघ्र रिहा गरेन भने पार्टी जनप्रतिरोध संघर्षमा उत्रिने छ । त्यसको जिम्मेवार कथित गठबन्धन र ओली सरकार हुनु पर्ने छ ।

प्रकाण्ड

प्रबक्ता

नेपाल कम्युनिस्ट पार्टी

Loading...