बेलायती सांसदहरू नेपाल भ्रमणमा आउदै

काठमाडौं, २२ बैसाख ।

बेलायती सांसदहरूको एक प्रतिनिधिमण्डल नेपालको साता लामो भ्रमणमा आउने भएको छ। आगामी मे ६ देखि १२ तारिखसम्म उनीहरूले नेपालको औपचारिक भ्रमण गर्न लागेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

ब्रिटिश ग्रुप अन इन्टर पार्लियामेन्टरी युनियन (बिजीआइपियु) का सदस्य सांसद नाइजेल इभान्सले नेतृत्व गर्ने भ्रमण टोलीमा ७ सदस्य रहनेछन्।

भ्रमण टोलीमा सांसद इभान्सका साथै सांसदहरू डेभिड मोरिस, केरी म्याककर्थी, विरेन्द्र शर्मा, लर्ड बाल्फे अफ डल्विच, लर्ड डोलाकिया र बिजीआइपियुकी प्रोजेक्टर म्यानेजर एमिली डेभिस रहनेछन्।

नेपालमा रहँदा उनीहरुले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, का.मु. प्रधानन्यायाधीश, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, महिला, बालबालिका र समाज कल्याण मन्त्रीलगायतसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

Loading...