जेठ ३ गतेदेखि कर्णाली प्रिमियर लिग क्रिकेट सुरु हुदैँ

काठमाडौं, २२ बैसाख ।

देश ६ को सुर्खेतमा आउँदो जेठ ३ गतेदेखि कर्णाली प्रिमियर लिग क्रिकेट सुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदसँग खेल तालिका जुधेपछि लिग निर्धारित समयभन्दा एक दिन अगाडिदेखि सुरु हुने भएको हो । प्रतियोगिता ३ गतेदेखि १२ गतेसम्म संचालन हुने आयोजक बन्धु विकास बहुउद्धेश्यीय सहकारी संस्थाले जनाएको छ ।

सुर्खेत रंगशालामा आयोजना गरिने प्रतियोगितामा १० वटा क्लबहरुको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

साथै प्रत्येक दिन गोलाप्रथाद्वारा एक भाग्यशाली दर्शक छनौट गरिनेछ । जसले एक हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । म्यान अफ् द म्याच हुने खेलाडीले दुई हजार पाँच सय रुपैयाँसहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने ब्याट्सम्यान तथा बलरलाई ट्रफीसहित १० हजार रुपैयाँ दिइनेछ भने म्यान अफ् द सीरिजले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Loading...