सशत्र द्वन्द्का पिडितको परिपूरणीय आवश्यकता सम्बन्धि वकालतपत्र सार्वजनिक

 

 

वैशाख २१ काठमाडौँ / दश बर्षे सशस्त्र द्वन्द्वका दौरान भएका घटनाका पीडितको परिपूरणीय आवश्यकता, अधिकार र माग’ नामक वकालतपत्र आज सार्वजनिक भएको छ ।

कार्येक्रम आयोजक द्वन्द्वपीडित साझा चौतारी र रेडक्रस अन्तर्राष्ट्रिय समिति ICRC ले शुक्रबार काठमाडौँमा गरेको कार्येक्रममा तत्कालिन समएमा राज्य र बिद्रोही समुहबाट बेपत्ता ,तथा भौतिक क्षति हुनेगरी घटाईएका घटनाका पिडित परिवार , मानवाधिकार वादी प्रतिनिधि लगाएको सहभागिता रहेको थियो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले वकालतपत्र सार्वजनिक गर्दै द्वन्द्वका घाउ मेट्नका लागि सबैभन्दा पहिले परिपूरण जरुरी भएको उल्लेख गर्दै त्यसका लागि सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगले काम गरिरहेको बताउनुभयो । उहाँले कतिपय पहुँचका आधारमा परिपूरणका लागि निवेदन दिने प्रवृत्ति पनि भएको हुँदा द्वन्द्वको प्रकृति अध्ययन गरेर छुट्याउने काम दुई आयोगले गर्नुपर्नेमा जोड दिनुभयो ।

बेपत्ताको छानवीन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आयोगमा परेका उजुरीको अध्ययन भइरहेको र परिपूरणका सम्बन्धमा समेत आयोगले काम गरिरहेको जानकारी दिनुभयो । चौतारीका अध्यक्ष सुमन अधिकारीले द्वन्द्वपीडित परिवारको अवस्था र उनीहरुलाई विनाभेदभाव नियमित रुपमा पुनःस्थापना, पठनपाठन, आर्थिक सहायता गराउनुपर्ने लगायत कुरा वकालतपत्रमा उल्लेख भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी मानवाधिकारकर्मी सुबोध प्याकुरेल, कपिल श्रेष्ठ सहभागी द्वन्द्वपीडित परिवारका सहभागी मध्ये धेरैले राज्यका कुनै निकाएले विस्तृत शान्तिप्रक्रिया सकेको थुप्रै समय बितिसक्दा पनि आफुहरुको उचित पुनर्स्थापना , बेपत्ता आफन्तजनको अवस्था सार्वजनिक नगरी झनै पिडा थपेको गुनासो सुनका साथै आफन्त गुमाउनुको निकै ठूलो पीडा सहेको बताउँदै तिनको परिवारले केही परिपूरणका रुपमा राहत पाउने आशामा रहेको धरान राखेका थिए ।

फोटो – बुद्धशरण शाही

Loading...