सरकारमा जानेबारे उपेन्द्र यादवले खोले मुख

काठमाडौं, १९ बैसाख ।

राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र र समाजवादी टे«ड युनियन महासंघ नेपालबीच एकता भएको छ ।

संघीय समाजवादी फोरमका भातृसंगठन समाजवादी ट्रेड युनियन र स्वतन्त्र रहेको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियनबीच आज श्रमिक दिवसको दिन एकताभई समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ बनेको हो ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एकता भएको घोषण गर्दै श्रमिक हकहित र संरक्षणका लागि संघर्षरत दुई संगठन एक हुनु राम्रो भएको बताए ।

संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताउँदै उनले भने, ‘जबसम्म सरकारसँग लिखित सम्झौता हुँदैन, तबसम्म सरकारमा जादैँनौं, बरु विपक्षीको भूमिका निर्वाह गछौँ ।’

अध्यक्ष यादवले संविधानमा समाजवाद उल्लेख गरेपनि गरिब, अशिक्षा र बेरोजगारको अन्त्य नगरेसम्म समाजवादको कल्पना गर्न नसकिने बताए ।

Loading...