मौलिकता झल्काउदै संगीत यात्रामा चर्चित गायक दिपक बज्राचार्य

    

 बैशाख १३ ,काठमाडौँ / दुइ दशकअघि पपगायन र संगीत मार्फत य्दयेका एक प्रतिभाशालि गाएक दिपक बज्राचार्यले अनवरत आफ्ना गीतसंगीतले हरेक बर्ग र उमेरका दर्शक तथा श्रोताहरुलाई झुमाइरहेका छन् । निकै चार्चामा रहेको नयाँ म्युजिक भिडियो र आफ्नो मौकिक पहिचान हुने गरि सांगीतिक यात्राका बारेमा जानकारी दिने उदेश्यले शुक्रबार आयोजित कार्येक्रममा बज्राचार्यले आफ्नो गीतलाई संसारमा मौलिक परम्परागत बाजा समेट्दै चिनाउने उदेश्य रहेको बताए ।
यो दुइ दशकमा समयेले धेरै कॉल्ति फेरिसक्यो । यो अवधिमा प्रविधिले पनि समाजका हरेक आफ्नो जरो गाडिसकेको छ । प्रभिधिक रुपमा आधुनिक बन्दै गएका संसारको परिवर्तन संगै पपगायेनामा पनि आधुनिकताले राम्रै प्रभाव परेकाे छ । गाएक दिपक बज्राचार्य भने समाएको बाहवामा नबगेर पछिल्लो पटक ओझेलमा पर्न थालेको हाम्रो मौलिक पहिचान र मौलिक संगीत तर्फ मोडिएका छन् । आफ़्ना गितहरुमा उनले परम्परागत बाजागाजाहरुको उपयोग गरेर मौलिकपन पस्किन थालेको धेरै भैसकेको छ । गत बर्षको ‘ सानी ‘ र ‘ अल्लारे ‘ त्यसकै पछिल्लो शृंखला हो भने ‘ मनामगन ‘ त्यसकै सबैभन्दा ताजा उदाहरण हो । यसका सर्जक गएक दिपक बज्राचार्यको शब्दमा मनामगन मात्रा एउटा गीत होइन , यो एउटा सस्कृति हो ।  

 
अहिले गीतलाई सुनेर मात्र होइन ,हेरेर पनि मनोरंजन लिने बेला हो । बास्तबमा गीतसंगीतले नाच्गंलाई पनि परिभाषित गर्छ । गीतको धुनमा आनन्दाता लिन सकिन्छ नै ,तर गितसंगित बजाएर नाच्नु पनि हाम्रो सस्कृतिको एउटा भाग हो । देशभर हुने जात्रा तथा पर्वहरुमा बजाइने बाजा र नाच परम्परागत हुन् ,जसले हाम्रो सास्कृतिक पहिचान बोकेको छ । दिपकले त्येसैलाई मनन् गरेर एउटा कमर्सियल धुन बनाउने जमर्को गरे ,जसमा नेपालमा परम्परागत बाजाको ताल र धुन समेटियोस् । गित सिर्जनामा उनले नेपाली बाजाको प्रयोगलाई प्राथमिकता दिए , जसमा दिपकको आफ्नो पहिचान हुनैपर्थ्यो ,घुमाउने र नचाउने ।
अन्तत – रिकिशाक्य संग मिलेर दिपकले एउटा धुन तयार पारे ,जसमा उल्लासपूर्ण शब्द भर्ने काम रिकिलेनै गरे । धिमे बाजाको ताललाइ पृष्तभुमिमा राखेर अरु परमपरागत बाजाहरु जस्तै मादल ,सारंगीलाई समेटेर संगीता संयोजन गर्यो ,दिपकै संगीत समूह रिदम ब्याण्डले । येसरी गीतका रुपमा तयार भयो ,” मनमगन ” । मनमगनको म्युजिक भिडियोको अवधारणा गित सगसंगै तयार भैसकेको थियो । चेरिसा बज्राचार्यले बनाएको अवधारणालाई मुर्त रुपदिनु थियो । निर्देशक सुव्रतराज आचार्यको टिमले त्येसलाई साकाररूप दिने अभिभारा लियो । झन्डै १५० जना कलाकार तथा नृत्य समुहले परम्परागत तथा आधुनिक शैलीको नृत्यको फ्युजन म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् । ज्येष्ठ नागरिकहरुको आजुगण देखि अत्याधुनिक हिप्हपका साथै सुदुर पश्चिमतराईमा नचाइने छलिया नाच ,पहाडका झ्याउरे ,ताम्सालिंग लिम्बुवानको झाँक्री नाच ,उपत्येकामा नचाइने परम्परागत नाच धिमे ,लगाएत इन्द्र जात्रामा देखिने पुलुकिसी,लाखे र धुन्या घुमाउने भक्तपुरका प्ख्यत नाच घिन्तांग किसी , लगाएत यो म्युजिक भिडियोमा समावेस गरिएको छ ।
मनामगन नयाँबर्षको अवसर पारेर बैशाख १ मा सार्वजनिक भएको हो ।

 

 

 

 

 

 

Loading...