सनराइजर्स हैदराबादद्वारा किङ्स ईलेभेन पञ्जाब पराजित

काठमाडौं, १४ बैसाख ।

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स ईलेभेन पञ्जाबलाई १३ रनले हराएको छ । खेलमा १ सय ३३ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका लागि ओपनर लोकेश राहुलले ३२ र क्रिस गेलले २३ रन बनाए । पञ्जावलाई सस्तैमा समेट्न हैदाराबादका रसिद खानले ३ तथा सकिब अल हसन, सन्दीप शर्मा र बसिल थम्पीले २÷२ विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले मनीष पाण्डेको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो ।

मनीषले ५४ रनको योगदान गर्दा सकिब अल हसनले २८ तथा युसुफ पठानले अविजित २१ रन जोडे । जितसँगै हैदरावाद आइपीएल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ७ मध्ये ५ खेल जितेको हैदराबादको १० अंक छ ।

शिर्ष स्थानको चेन्नाई सुपर किङ्सले ६ खेलबाट १० अंक जोड्दा ७ खेलबाट समान १० अंक नैं जोडेको पञ्जाब तेस्रो स्थानमा झरेको छ ।आइपीएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

Loading...