पूर्वसभासद्‍ तथा कम्युनिस्ट पार्टीकी नेतृ गिरफ्तार

काठमाडौं, १४ बैसाख ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धिरिन्द्र उपाध्यायलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट महिलाहरुको संगठन महासचिव उपाध्यायलाई प्रहरीले विहीबार काठमाडौंबाट गिरफ्तार गरेको अनेम संघ (क्रान्तिकारी) ले बताएको छ । पूर्वसभासद् समेत रहेकी उपाध्यायलाई संगठनको कामको क्रममा गिरफ्तार गरेको बताइएको छ ।

शान्तिपूर्ण महिला अधिकारको पक्षमा काम गर्दा पनि गिरफ्तार गरिनु अापत्तिजनक भएको भन्दै अनेम संघ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्दले रिहाईको माग गरेकी छन् ।

त्यसैगरी प्रहरीले बुधबार नै नेकपाको युवा संगठन योङ रेड फोर्सका अध्यक्ष बाबुराम राई, उद्योग व्यापार महासंघका अध्यक्ष युवराज पराजुली, सुरेन्द्र श्रेष्ठ, मोहन सिवाकोटीलाई पनि गिरफ्तार गरेको छ ।

भृकुटीमण्डस्थित नेपाल मानविकी क्याम्पसको इकाइ सम्मेलनबाटै अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही, केन्द्रीय सदस्य ललित बिकसहितका विद्यार्थी नेताहरुलाई प्रहरीले बुधबार गिरफ्तार गरेको थियो ।

पछिल्लो समय प्रचण्ड गठबन्धनमा केपी ओलीले सरकारको नेतृत्व गरेपछि नेकपामाथि धरपकड ब्यापक बनाएको छ । सामान्यतया आफ्नो व्यक्तिगत, पारिवारिक काममा हिडेका नेता कार्यकर्ताहरुलाई समेत प्रहरीले पक्राउ गर्न थालेपछि नेकपा कडा संघर्षको कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

Loading...